धरानः पैदल हिँडिरहेको बेला अचानक लडेर मृत्यु भएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–२, गौंथली भीरबाट लडेर महालक्ष्मी नगरपालिका–२ हिलेखर्कका ३५ वर्षीय ओमबहादुर रानाको मृत्युको खास कारण खुल्न बाँकी रहेपनि लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
उनको शव दुईदिनदेखि भीरमै अड्किएको र नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा सोमबार दिउँसो निकालिएको छ । शव निकाल्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरे पनि सफल हुन नसकेपछि नेपाली सेनाको सल्लेरीस्थित भीमदल गणबाट सेनानी मन्दिप राईको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।