Hamro Koshi Aawaj

मंगलबार, भाद्र २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मूल्य र माग बढ्दा सुनसरीका किसान जुट खेतीतर्फ

हाम्रो कोशी आवाज
भाद्र २ २०८३, मंगलबार
मूल्य र माग बढ्दा सुनसरीका किसान जुट खेतीतर्फ

धरानः भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उहाँको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् ।
मण्डलले भने, “जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।”
यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थालेको छ । उनले वार्षिक १५ देखि २० क्विन्टलसम्म जुट उत्पादन गर्दै आएका छन् । यसबाट रु दुई लाखदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उनले जानकारी दिनुभयो । तयार भएको जुट बिक्रीका लागि बजारको समस्या नरहेको र स्थानीय व्यापारीले खेतमै पुगेर खरिद गर्ने गरेको उनको भनाइ छ ।
जुटको मूल्यमा वृद्धि हुनुका साथै उद्योगबाट माग बढेपछि सुनसरीमा जुट खेतीतर्फ किसानको आकर्षण बढेको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा जुटखेतीको क्षेत्रफल पनि वृद्धि भएको छ ।
देवानगञ्ज गाउँपालिका–६ का रमेश यादव भने अरूको खेतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनु भएको छ । उनी बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म जुटको रेसा निकाल्ने काम गर्नुहुन्छ । दैनिक रु ६०० ज्याला पाउने गरेको उहाँले सुनाउनुभयो । “आफ्नो बारी छैन, अरूको ज्यालादारीमा काम गर्छु । यसले घरखर्च धान्न केही सहयोग पुगेको छ”, उनले भने ।
सोही ठाउँका किसान वीरेन्द्र मण्डलले १० कट्ठा क्षेत्रफलमा जुटखेती गरेका छन् । अहिले जुट निकाल्ने काम तीव्र रूपमा भइरहेकाले उनले एक जना मजदुरलाई ज्यालामा काममा लगाएका छन् । उनले भने, “एक कट्ठामा दुईदेखि तीन मनसम्म जुट उत्पादन हुन्छ । हाल प्रतिमन पाँच हजार पाँच सयसम्ममा जुट बिक्री भइरहेको छ ।” जुटको बीउ इटहरीस्थित जुट अनुसन्धान केन्द्र तथा भारतबाट ल्याउने गरेको उनले बताए ।
जुट अनुसन्धान केन्द्र इटहरीका संयोजक सन्तोष त्रिपाठीका अनुसार पूर्वी नेपालका अधिकांश किसानले केन्द्रबाटै बीउ तथा प्राविधिक सहयोग लिने गरेका छन् भने केही किसानले भारतबाट बीउ खरिद गर्ने गरेका छन् ।
विगतमा नेपाली जुट उद्योगलाई आवश्यक पर्ने करिब ८५ प्रतिशत कच्चा जुट बङ्गलादेश र भारतबाट आयात हुने गरेको थियो । पछिल्लो समय स्थानीय उत्पादनमा बढोत्तरी भएपछि आयात कम हुन थालेको छ । सोही कारण यस वर्ष किसानले उल्लेख्य मात्रामा खेती गरेका छन् ।
किसानलाई जुट खेतीतर्फ आकर्षित गर्न अनुसन्धान केन्द्रले झारपात नियन्त्रण र रेसा निकाल्ने प्रविधिमा सहयोग गर्दै आएको छ । जुटखेतीमा झारपात प्रमुख समस्या भएकाले ‘सनराइज’ र ‘एजिल’ विषादी प्रयोग गरी नियन्त्रण गर्ने गरिएको उनले जानकारी दिए ।
जुट कुहाउने र धुने काममा अनुसन्धान केन्द्रले डिजेल तथा विद्युतबाट सञ्चालन हुने मेसिन प्रयोगमा ल्याएको छ । यी मेसिनबाट रेसा छुट्याउने र धुने काम सहज भए पनि मेसिन प्रयोग गर्दा जुटको डाँठ धुलो हुने भएकाले अधिकांश किसानले प्रयोग नगरेको उनले बताए । “किसानले जुटको डाँठ दाउरा तथा बिक्री गरेर आम्दानीसमेत गर्ने भएकाले मेसिन प्रयोग गर्न अप्ठ्यारो मानेका छन्”, उनले भने ।
जुट अनुसन्धान केन्द्रलाई वार्षिक रु एक करोडभन्दा बढी बजेट विनियोजन हुँदै आएको छ । पछिल्लो समय कोशी प्रदेश सरकारले पनि जुटखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । थप सरकारी योजना र प्रोत्साहन उपलब्ध भएमा आगामी वर्षमा उत्पादन अझै वृद्धि हुने केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सुनसरी जिल्लामा एक हजार ३०८ हेक्टर क्षेत्रफलमा जुटखेती गरिएको थियो । आव २०८२/८३ मा एक हजार ३३४ हेक्टरमा जुटखेती गरिएको छ ।
जुटको मूल्य वृद्धि र माग बढेकै कारण किसानको आकर्षण बढेको छ । जिल्लामा देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी, हरिनगर र इनरुवालगायत क्षेत्रमा बढी जुटखेती हुँदै आएको सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित मिति: भाद्र २ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • पैदल हिँडिरहेका राना भीरबाट खस्दा खस्दा गयो ज्यान

    धरानः पैदल हिँडिरहेको बेला अचानक लडेर मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका–२, गौंथली भीरबाट लडेर महालक्ष्मी नगरपालिका–२ हिलेखर्कका ३५ वर्षीय ओमबहादुर रानाको मृत्युको खास...

    • २३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • सुनसरी निगरो बेचेर आम्दानी, काठमाडौंसम्म पठाउँछन्

    धरानः कोशी गाउँपालिका-८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आएकी छिन् । जङ्गलबाट निगुरो सङ्कलन गरेर बिक्री गर्दा लगानी नचाहिने भएकाले...

    • १ दिन अगाडी
    • ३ मिनेट पाठ
  • गायिका रचना रिमाल अब स्कुलको पाठ्यक्रममा

    धरानः चर्चित गायिका रचना रिमालको सांगीतिक यात्रा विद्यालयस्तरको पाठ्यक्रममा समेटिएको छ । झापाको भद्रपुर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ४ को ‘भद्रपुर सेरोफेरो’ नामक...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • सुनसरीमा भन्सार छलेर ल्याएका लत्ताकपडा बरामद

    धरानः सुनसरी प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ दुर्गा मन्दिरमा भन्सार छलीका अवैध सामानहरु ओसारपसार गरिरहेको प्राप्त...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • धरानमा ग्याँस लिने लाइन घटेन

    धरानः धरानमा खाना पकाउने ग्याँस लिनेको लाइन अझै घट्न सकेको छैन । ग्याँसको खपत बढ्दा पनि उपभोक्ताको लाइन अझै नघटेको हो । बजारमा अभाव हुन...

    • २ दिन अगाडी
    • २ मिनेट पाठ
  • यी व्यवसायबाट मासिक डेढ लाख कमाउँछन् २२ वर्षे युवा

    -लिना थापा धरानः उमेर जम्मा २२ वर्ष तर यो सहरमा यो नाम अहिले एउटा मात्र परिचयले चिनिँदैन । कर्पोरेट कार्यालयको जिम्मेवारी बोकेको हात, आफ्नै व्यवसायको...

    • ४ दिन अगाडी
    • ४ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend