धरानः धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पदाधिकारी पदपूर्तिको लागि दरखास्त आहवान भएको छ । रजिस्ट्रारमा १८ जना, अस्पताल निर्देशक (डाइरेक्टर) मा १४ जना र शिक्षाध्यक्ष (रेक्टर) मा ४ जनाको आवेदन परेको छ ।
प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. स्मृति कार्कीले नियुक्ति पाएपछि बाँकी पदाधिकारी रजिस्ट्रार, अस्पताल निर्देशक र शिक्षाध्यक्षको पदपूर्तिका लागि दरखास्त आहवान गरिएको थियो ।
प्रतिष्ठानका पदाधिकारीको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ अनुसार पदाधिकारीको छनोट तथा सिफारिस प्रक्रिया अघि बढाइएको थियो । कार्यविधिअनुसार सिफारिस समितिको अध्यक्षमा उपकुलपति रहने व्यवस्था छ ।
रजिस्ट्रार पदका आवेदक
डा. अरुणकुमार सिंह
रमेशकुमार यादव
डा. विपेश आचार्य
श्री मदनकुमार साह
प्रा. डा. अशोककुमार झा
श्री कमलकुमार राय
श्री जितेन्द्रकुमार यादव
डा. डबल बहादुर धामी
धरनिधर बराल
प्रा. डा. काजीराम अधिकारी
सुश्री रूपा सिघान्ची
विनोदकुमार यादव
श्री प्रदीप शाक्य
प्रा.डा. शम्शेर श्रेष्ठ
श्री सागरकुमार ताम्राकार
डा. इन्द्र मोहन झा
डा. किशुनदेव मेहता
डाइरेक्टर पदका आवेदक
डा. अरुणकुमार सिंह
डा. जितेन्द्र शाह
डा. रितेश चौधरी
डा. डबल बहादुर धामी
प्रा. डा. अशोककुमार यादव
डा. इन्द्रकुमार लिम्बू
श्री दीपककुमार यादव
डा. सेराजअहमद खान
डा. जगतनारायण प्रसाद
डा. विम्मी सिंह
डा. मधु बस्नेत
डा. विवेक कट्टेल
रेक्टर पदका आवेदक
प्रा. डा. काजीराम अधिकारी
प्रा. डा. रोविन मास्के
प्रा. डा. कृष्ण पोखरेल
प्रा. डा. शिवेन्द्र झा
