Hamro Koshi Aawaj

शुक्रबार, भाद्र ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घुस लिँदै थिए, समातिए अधिकृत

हाम्रो कोशी आवाज
भाद्र ५ २०८३, शुक्रबार
घुस लिँदै थिए, समातिए अधिकृत

धरानः डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् ।
बिहीबार सेवाग्राहीसँग १६ हजार २५० रुपैँया घुस लिँदै गरेको अवस्थामा सूचना अधिकारी समेत रहेका सातौँ तहका वन अधिकृत भुवन पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट आएको टोलीले पक्राउ गरेको हो ।
पौडेलले एक सामुदायिक वन उपभोक्ता समूहसँग सहज रूपमा काम गराइदिने भन्दै घुस लिएको अनुसन्धानका क्रममा खुलेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले अख्तियारको टोलीले वन अधिकृत पौडेललाई नगदसहित पक्राउ गरेको जानकारी दिए ।
अख्तियारको टोलीले घटनासँग सम्बन्धित थप प्रमाण तथा विवरण संकलन गरी अनुसन्धान अघि बढाउने बताइएको छ।
वनसम्बन्धी काममा अनावश्यक झन्झट सिर्जना गरी रकम असुल्ने गरेको आरोपसमेत सेवाग्राहीबाट आउने गरेको बताइन्छ। घुस रकमसहित वन अधिकृत नै पक्राउ परेपछि डिभिजन वन कार्यालय गाईघाटको सेवा प्रवाह, कर्मचारीको कार्यशैली तथा सेवाग्राहीसँगको व्यवहारमाथि समेत प्रश्न उठेको छ ।

प्रकाशित मिति: भाद्र ५ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend