Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा को बन्ला शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक ?

हाम्रो कोशी आवाज
भाद्र ८ २०८३, सोमबार
धरानको बीपी प्रतिष्ठानमा को बन्ला शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक ?

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक पदमा नियुक्तिका लागि १४ जनाको नाम सर्ट लिष्टमा परेको छ ।
यसअघि ३६ जनाले यी पदका लागि आवेदन दिएका थिए । प्रतिष्ठानको पदाधिकारी छनोट तथा सिफारिससम्बन्धी कार्यविधि–२०८३ अनुसार १४ जनाको नाम सर्ट लिष्टमा परेको हो ।
प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार शिक्षाध्यक्ष पदका लागि ४ जना, रजिष्ट्रार पदका लागि ५ जना र अस्पताल निर्देशक पदका लागि ५ जनाको नाम सार्वजनिक भएको छ ।
शिक्षाध्यक्ष पदका लागि प्रा.डा. काजीराम अधिकारी, प्रा.डा. रोबिन मास्के, प्रा.डा. कृष्ण पोखरेल र प्रा.डा. शिवेन्द्र झा को नाम सार्वजनिक भएको छ ।
त्यस्तै, रजिष्ट्रार पदका लागि डा. अरुणकुमार सिंह, धरणीधर बराल, प्रा.डा. शम्शेर श्रेष्ठ, सागरकुमार ताम्राकार सर्ट लिष्टमा छन् । अस्पताल निर्देशक पदमा भने प्रा.डा. अशोककुमार यादव, डा. इन्द्रकुमार लिम्बू, डा. मधुर बस्नेत, डा. सेराज अहमद खान, डा. विम्मी सिंहको नाम सार्वजनिक भएको छ ।
अबको अन्तर्वार्ता प्रतिष्ठानकै उपकुलपतिले लिने व्यवस्था छ । अबको अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि भदौ १० गतेका लागि समय तोकिएको छ ।
कार्यविधिअनुसार उम्मेदवारहरूको योग्यता तथा कागजात परीक्षण, मूल्यांकन र आवश्यक प्रक्रियापछि योग्य उम्मेदवारको छनोट गरिने प्रतिष्ठानले जनाएको छ । यसअघि स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउने क्रममा सरकारले छनोट तथा सिफारिससम्बन्धी कार्यविधि बनाएर आवेदन आह्वान गरेको हो ।
तीनवटै पदका लागि सर्ट लिष्टमा नाम आइसकेको र अब प्रतिष्ठानको छनोट तथा सिफारिस प्रक्रियातर्फ सबैको ध्यान केन्द्रित भएको छ । योग्य उम्मेदवार छनोट गरी सक्षम नेतृत्व प्रदान गर्न सके प्रतिष्ठानको शैक्षिक तथा स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: भाद्र ८ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend