Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बस र अटो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो, धरानमा उपचारका क्रममा चालकको पनि मृत्यु

हाम्रो कोशी आवाज
भाद्र ९ २०८३, मंगलबार
बस र अटो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो, धरानमा उपचारका क्रममा चालकको पनि मृत्यु

धरानः उदयपुरको बेलका–५ मा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परेका थप एकजनाको मृत्यु भएको छ ।
अटो चालक बेलका–५ मैनी बस्ने २८ वर्षीय इन्द्र थापा मगर धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउको, शरीरको विभिन्न भागमा चोट लागेका उनी बोल्न नसक्ने अवस्थामा थिए ।
दुर्घटनामा सोमबार दुईजनाको मृत्यु भएको थियो । दुर्घटनामा बेलका नगरपालिका–५ मैनी बस्ने ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार अर्की एकजना महिला (हाल नाम, उमेर र ठेगाना नखुलेको) को मृत्यु भएको इप्रका प्रहरी प्रमुख इन्स्पेक्टर अश्वीन तोलाङगेले बताए ।
उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा पाँचजना घाइतेमध्ये दुईजनाको धरानमा उपचारका क्रममा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुईजना घाइतेको उपचार भइरहेको छ ।
घाइते भएका बेलका नगरपालिका–५ मैनी बस्ने १८ वर्षीय रोशन मगर र मोरङ विराटनगर महानगरपालिका–१२ बस्ने १९ वर्षीय अजित गुरुङको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले स्कुल बस र चालक बेलका नगरपालिका–५ घुम्ने बस्ने ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङलिस बोर्डिङ स्कुलको को१ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रकाशित मिति: भाद्र ९ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend