धरानः बराहक्षेत्रको प्रकाशपुरमा दर्दनाक दुर्घटना भएको छ । साइकलमा उनिएर २३ वर्षीय खगेन्द्र दर्नालको घटनास्थलमै मृत्यु छ ।
घरमै साइकलबाट लडेर साइकलको पाइडल छातीमा उनिँदा २३ वर्षीय खगेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ । बराहक्षेत्र–१० भुटाहाखाल बस्ने २२ वर्षीय खगेन्द्र आफ्नै घर आँगनमा लेडिज साइकल चढ्ने क्रममा अचानक लडेका थिए । साइकलको बायाँ साइड पाइडलको फलामको चुच्चो भाग छातीको बीच भागमा छिरेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रनानि मेनेन्द्र थेबेले जानकारी दिए ।
साइकल राम्ररी चलाउन नसक्ने उनी साइकल सिक्ने क्रममै रहेको प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जनाएको छ । शव जिल्ला अस्पताल सुनसरी इनरूवाको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।