धरानः तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
तेह्रथुमको छथर गाउँपालिका–२ स्थित ५६ महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बूले जबरजस्ती करणी गरेको सूचना प्रहरीले प्राप्त भएको र उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाले इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि आरोपितको स्वास्थ्य परीक्षण (मेडिकल) गरी प्रहरी हिरासतमा राखिएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।