Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्रेक फेल भएर बोलेरो दुर्घटना, एकजनाको मृत्यु, अटो भीरमा खस्दा अर्का व्यक्तिको गयो ज्यान

हाम्रो कोशी आवाज
भाद्र ११ २०८३, बिहिबार
ब्रेक फेल भएर बोलेरो दुर्घटना, एकजनाको मृत्यु, अटो भीरमा खस्दा अर्का व्यक्तिको गयो ज्यान

धरानः ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
तेह्रथुम म्याङलुङ–९ बगाले होटलअगाडि मध्य पहाडी लोकमार्ग जिरीखिम्तीबाट म्याङलुङतर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५६०४ नम्बरको म्याङलुङ–९ मा रहेको रिलाबर हाइड्रो पावर हाउसको २५२३ सिसी हर्ष पावर बोलेरोको पिकअप अचानक ब्रेक फेल भई नालीको भित्तामा ठोकिन पुगेको थियो । बोलेरोमा सवार पावर हाउसका कर्मचारी फेदाप गाउँपालिका ४ जलजले बस्ने ४० वर्षीय टेकबहादुर कट्टेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउको र अनुहारमा चोट लागेर जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँचथरमा अटो अनियन्त्रित भई हुँदा एकजनाको मृत्यु भएको छ ।
फिदिम–८ मान्द्रे भीरमा पौवाभन्ज्याङबाट तमाखे रानीटारतर्फ जाँदै गरेको प्र.१–०१–०२ स ६००७ नम्बरको कम्पनीको २२५ सिसीको अटो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७०० मिटर तल झरी दुर्घटना भएको थियो ।
अटो चालक फिदिम–८ बस्ने ४२ वर्षीय सुजन राईको घटनास्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि अटोमा आगो लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ११ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend