Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका एकजना पनि भोटेकोशीको बाढीमा बेपत्ता, कोशी प्रदेशका १२२ जना बेपत्ता (नामावलीसहित)

हाम्रो कोशी आवाज
भाद्र ११ २०८३, बिहिबार
धरानका एकजना पनि भोटेकोशीको बाढीमा बेपत्ता, कोशी प्रदेशका १२२ जना बेपत्ता (नामावलीसहित)

धरानः रसुवा जिल्लाको भोटेकोशी आएको बाढीमा धरानका एकजना पनि परेका छन् । धरान–६ पानबारीका मुकेश नेपालसहित सुनसरीका १५ जना बेपत्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मुकेश त्रिशुली हाइड्रोपावर बि ३ मा कार्यरत् रहेको प्रहरीले जनाएको छ । यस्तै, सुनसरीमा १५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । १७ मध्ये २ जना परिवारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी शेखर खनालका अनुसार कोशी प्रदेशभरी कुल १३० जना सम्पर्कविहीनको सूचीमा रहेकोमा ८ जना सम्पर्कमा आएका छन् भने बाँकीको खोजी कार्य जारी रहेको छ । बाढीबाट झापाका ८ जना, इलामका ८ जना, ताप्लेजुङका ६ जना, सुनसरीका १५ जना, धनकुटाका १ जना, संखुवासभाका ३ जना, भोजपुरका १ जना, उदयपुरका १० जना, ओलढुंगाका ११ जना, खोटाङका ८ जना, सोलुका ३८ जना नागरिक बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ११ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend