Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा साउनमै ३१ जनाको मृत्यु, तीब्र गतिले लिँदैछ ज्यान

हाम्रो कोशी आवाज
भाद्र १२ २०८३, शुक्रबार
कोशी प्रदेशमा साउनमै ३१ जनाको मृत्यु, तीब्र गतिले लिँदैछ ज्यान

धरानः कोशी प्रदेशमा सवारी दुर्घटनाको सबैभन्दा ठूलो जोखिम सडक वा सवारीसाधनको अवस्था नभई चालकको व्यवहार र गति देखिएको छ। साउन महिनाको दुर्घटना तथ्यांकले प्रदेशमा हुने अधिकांश दुर्घटना चालककै कारण हुने गरेको देखाएको हो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार साउनमा कोशी प्रदेशका विभिन्न जिल्लामा ४४० वटा सवारी दुर्घटना भए। ती दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने ५९१ जना घाइते भएका छन्।
दुर्घटनामा ६४६ वटा सवारीसाधन संलग्न थिए। तर दुर्घटनाको कारण विश्लेषण गर्दा चालकको लापरवाही सबैभन्दा अगाडि देखिएको छ। कुल दुर्घटनामध्ये ३६५ वटा अर्थात् ८३ प्रतिशत दुर्घटना चालकका कारण भएका छन्।
त्यसमध्ये पनि तीव्र गति मात्रै १९२ दुर्घटनाको कारण बनेको छ। यो कुल दुर्घटनाको ४३.६ प्रतिशत हो। अर्थात् प्रदेशमा साउन महिनामा भएका करिब हरेक दुईमध्ये एक दुर्घटनाको कारण तीव्र गति देखिएको छ।
चालकको अन्य लापरवाहीका कारण १०६ वटा दुर्घटना भएका छन्। चालकको असक्षमताका कारण २६, मादक तथा लागूपदार्थ सेवन गरी सवारी चलाउँदा २४, गलत ओभरटेकका कारण ११ र ट्राफिक नियम उल्लंघनका कारण ६ वटा दुर्घटना भएका छन्।
दुर्घटनाको कारणमा सवारीसाधनको अवस्था तुलनात्मक रूपमा कम देखिएको छ। सवारीसाधनको अवस्थाका कारण १९ वटा दुर्घटना भएका छन्। त्यसमध्ये ब्रेक नलाग्ने वा ब्रेक फेल भएर ११, यान्त्रिक गडबडीका कारण तीन, ओभरलोडका कारण दुई र टायर पन्चर भएर तीनवटा दुर्घटना भएका छन्।
सडकको अवस्थाका कारण पनि १९ वटा दुर्घटना भएका छन्। चिप्लो सडकका कारण मात्रै ६ दुर्घटना भएका छन् भने घुम्ती, मोड तथा उकालोका कारण तीन, खाल्डाखुल्डीका कारण दुई, सडक निर्माण तथा निर्माण सामग्रीका कारण दुई, कच्ची वा जीर्ण सडकका कारण दुई तथा साँघुरो र जोखिमयुक्त सडकका कारण चार दुर्घटना भएका छन्।
यस्तै, सडक प्रयोगकर्ता तथा पैदलयात्रुको व्यवहारका कारण ३२ वटा दुर्घटना भएका छन्। त्यसमा जथाभावी बाटो काट्नु मात्रै २९ दुर्घटनाको कारण बनेको छ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि चेकजाँच तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। साउनमा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार ८८८ सवारी तथा चालकलाई कारबाही गरिएको छ।
कारबाहीबाट ७९ लाख ५५ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटना न्यूनीकरणका लागि चालकलाई गति नियन्त्रण, सुरक्षित ओभरटेक, मादक तथा लागूपदार्थ सेवन गरी सवारी नचलाउने र ट्राफिक नियम पालना गर्न सचेत गराउने काम भइरहेको छ।

प्रकाशित मिति: भाद्र १२ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend