Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा काँसघारीमा प्रहरीले भेट्यो ५७५ केजी गाँजा, लागूऔषध भेटेपछि समातिए

हाम्रो कोशी आवाज
भाद्र १३ २०८३, शनिबार
सुनसरीमा काँसघारीमा प्रहरीले भेट्यो ५७५ केजी गाँजा, लागूऔषध भेटेपछि समातिए

धरानः सुनसरी प्रहरीले काँसघारीमा लुकाइराखेको अवस्थामा ५७५ केजी गाँजा फेला पारेको छ ।
कोशी गाँउपालिका–३ श्रीपर जानेबाटो काँसघारीमा लागूऔषध गाँजा लुकाएर राखेको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले काँसघारीमा त्रिपालले छोपेर राखेको अवस्थामा सो गाँजा फेला पारेको हो । लागूऔषध गाँजा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, दुईजना किशोरको साथमा लागूऔषध भेटिएको छ ।
बराहक्षेत्र नगरपालिका–११ मधुवन बजारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी र प्रहरी चौकी मधुवन सुनसरीबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको प्र.०१–०२–०५२ प ९४०३ नम्बरको मोटरसाइकल चालकलाई चेकजाँच गर्दा लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।
बराहक्षेत्र नगरपालिका–१० बस्ने वर्ष १९ को दीप कार्की र पछाडि सवार वर्ष १९ को कृष्ण आचार्यलाई शंका लागि खानतलासी तथा चेकजाँच गर्दा निजहरूको साथबाट लागूऔषध ट्रामाडोल ६५० क्याप्सुल र स्पासरेष्ट ५० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच इनरूवा नगरपालिका–४ बसचोकमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको कोशी प्रदेश ०२–००५ ह ६९५९ नम्बरको सिटी सफारी चालक सुनसरी इटहरी उप–महानगरपालिका–५ बस्ने वर्ष ३४ को अरूण नेपाली र सिटीमा सवार ३५ वर्षीय सुमन कार्कीलाई शंका लागि खानतलासी तथा चेकजाँच गर्दा निजहरूको साथबाट लागू औषध ब्राउनसुगर ०.८२ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १३ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend