Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शिक्षकको मृत्यु भएपछि कुटपिट र ढुंगा प्रहार गर्ने ११ जना समातिए

हाम्रो कोशी आवाज
भाद्र १४ २०८३, आइतबार
शिक्षकको मृत्यु भएपछि कुटपिट र ढुंगा प्रहार गर्ने ११ जना समातिए

धरानः खोटाङमा कार्यरत शिक्षक भानुभक्त राईको कुटपिट तथा ढुंगा प्रहारबाट मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय भोजपुरले ११ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेमा ६ पुरुष र ५ महिला छन् । पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका–७ सुङदेलका २१ वर्षीय प्रबेस भन्ने सागर कोयी राई, २१ वर्षीय मौली भन्ने प्रतीक राई, २५ वर्षीय माइकल भन्ने निशान राई, २३ वर्षीय सुशील राई, ३२ वर्षीय शेरबहादुर भन्ने अमर राई र ३० वर्षीय उमेश भन्ने उमेश दुमी राई रहेका छन् । त्यस्तै ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई पक्राउ परेका छन् ।
उनीहरू सबै खोटाङको केपिलासगढी गाउँपालिका–७, सुङदेलका स्थानीय रहेको प्रहरीले जनाएको छ । केपिलासगढी गाउँपालिका–७ सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयमा राहत कोटामा कार्यरत ३९ वर्षीय राईको भोजपुरको साल्पासिलिछो गाउँपालिका–५, दोभाने माबुस्थित भदौरे मेला पुगेका बेला कुटपिटपछि मृत्यु भएको हो ।
प्रहरीका अनुसार भदौ ११ गते राति पौने १२ बजेतिर पुरानो विवादलाई लिएर स्थानीयसँग विवाद भएपछि राईमाथि कुटपिट भएको थियो । त्यस क्रममा ढुंगासमेत प्रहार हुँदा गम्भीर घाइते भएका राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनापछि प्रहरीले कुटपिटमा संलग्न रहेको आशंकामा खोजतलास तीव्र बनाएको थियो । अनुसन्धानका क्रममा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार पक्राउ परेका सबैमाथि घटनामा उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरूलाई भदौ १४ गते भोजपुर जिल्ला अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थप गरिएको छ ।
प्रहरीले घटनाको कारण, कुटपिटमा संलग्न व्यक्तिको भूमिका तथा मृत्युको वास्तविक परिस्थितिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । पुरानो विवादका कारण शुरु भएको भनिएको घटनाले हिंसात्मक रूप लिएपछि शिक्षक राईको ज्यान गएको प्रारम्भिक प्रहरी निष्कर्ष छ ।
घटनामा पक्राउ परेकामाथि अनुसन्धान अघि बढेसँगै कुटपिटको कारण, घटनामा प्रयोग भएको भनिएको ढुंगा प्रहारको अवस्था तथा घटनामा संलग्न व्यक्तिको भूमिकासमेत थप स्पष्ट हुने प्रहरीले जनाएको छ ।
शिक्षण पेसामा आबद्ध राईको मेलामा सहभागी हुन पुगेका बेला ज्यान गएको घटनाले स्थानीयस्तरमा समेत चासो बढाएको छ । प्रहरीले घटनाको सम्पूर्ण पक्ष अनुसन्धानपछि मात्रै थप तथ्य सार्वजनिक गरिने जनाएको छ ।

प्रकाशित मिति: भाद्र १४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend