धरानः उदयपुर ,कटारी नगरपालिका ६ बाँकेटारस्थित शान्तिवनको वनबाट १ हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीनजनालाई नियन्त्रणमा लिइएको छ ।
सोमबार बिहान करिब ४ बजे उक्त शान्तिवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले वनभित्र खोजतलास गर्ने क्रममा बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडी र गाडी नजिकै जंगलका विभिन्न स्थानमा लुकाइछिपाई राखिएको ५२ बोरा गाँजा फेला पारेको हो ।
गाँजासहित उदयपुरको ताप्ली गाउँपालिका -०१ डाँडागाउँ बस्ने अन्दाजी ५५ वर्षीय रामबहादुर मगर, सोही स्थान बस्ने २१ वर्षीय नेकबहादुर मगर र अन्दाजी ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन् ।
उनीहरूलाई गाँजा र बोलेरो गाडीसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।