Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोटेकोशी महाप्रलयः कोशी प्रदेशका ५ जनाको जीवितै उद्दार, २८ जना सम्पर्कमा, कति अझै बेपत्ता ?

हाम्रो कोशी आवाज
भाद्र १६ २०८३, मंगलबार
भोटेकोशी महाप्रलयः कोशी प्रदेशका ५ जनाको जीवितै उद्दार, २८ जना सम्पर्कमा, कति अझै बेपत्ता ?

धरानः भोटेकोशी बाढीबाट कोशी प्रदेशका विभिन्न जिल्लाबाट सम्पर्कविहीनमध्ये ५ जनाको जीवितै उद्दार भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगेन्द्रसिंह थापाका अनुसार ५ जनाको जीवितै उद्दार गरिएको र २८ जना सम्पर्कमा आइसकेका छन् ।
अप्पर त्रिशुली हाइड्रोमा कार्यरत झापा दमकका देवलाल मुर्मु सतार, इलामका विनोद राई, ओखलढुंगाका प्रकाश राई, सञ्जीव तामाङ, गणेशबहादुर पहारीको जीवितै उद्दार भएको छ भने गाडीमा यात्रु लिएर गएका इलाम सन्दकपुरका दिवानन्द सुवेदी भन्ने दिवश सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हालसम्म १९४ जना सम्पर्कविहीन रहेकोमा २८ जना परिवारको सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । इलामका बेनु थेगिम, रसुवा हाइड्रोमा कार्यरत ताप्लेजुङका पासाङ शेर्पा, ङीमा शेर्पा, पासाङ तेञ्जी शेर्पा परिवारको सम्पर्कमा आइसकेका छन् । यस्तै, सुनसरीको २१ जना हराएकोमध्ये रामधुनीका नवराज ढकाल, देवानगञ्जका देवाननन्द यादव, रामधुनीका जीवन सिंह, सञ्जीतनारायण सिंह, बराहक्षेत्रका छकिकेशर काफ्ले पनि सम्पर्कमा आइसकेका छन् ।
उदयपुरका भोलाराज कार्की, सुमन तामाङ, जीवन तामाङ, प्रेम रोक्का, अनिल कामी सम्पर्कमा आइसकेका छन् । ओखलढुंगाका अविश्वर सुनुवार, माया शेर्पा, काँडी शेर्पा, छेवाङ शेर्पा, निमा शेर्पा, दोर्जे शेर्पा, प्रज्ज्वल बस्नेत, याङजु शेर्पा, फुर्वा शेर्पा, कान्छीमाया शेर्पा परिवारको सम्पर्कमा आइसकेका छन् । खोटाङका तारानाथ थापा, सोलुखुम्बुका ओमनाथ राई, दोर्जी शेर्पा, हिरामाया मगर सम्पर्कमा आइसकेका छन् ।
सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी सोलुखुम्बुका ४२ जना छन्। सोलुखुम्बुका तीन जना भने परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन्।
यस्तै, ओखलढुंगाका २६ जना, मोरङका १८ जना, सुनसरीका १६ जना, उदयपुरका १६ जना, झापाका १३ जना, खोटाङका १० जना र इलामका नौ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
संखुवासभा र भोजपुरका तीन–तीन जना तथा ताप्लेजुङ र धनकुटाका दुई–दुई जना सम्पर्कविहीन छन्। पाँचथरका एक जना पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ओखलढुंगाका तीन जनाको उद्धार भएको छ भने १० जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्। सुनसरीका पाँच जना र उदयपुरका पाँच जना पनि सम्पर्कमा आइसकेका छन्। झापाका एक जनाको उद्धार भएको छ भने खोटाङका एक जना परिवारको सम्पर्कमा आएका छन्।
इलामका नौ जना सम्पर्कविहीनमध्ये एक जनाको उद्धार गरिएको, एक जना उपचाररत रहेको र एक जना मृत फेला परेको प्रहरीले जनाएको छ। ताप्लेजुङका तीन जना पनि परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन्।
कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार विभिन्न जिल्लाबाट काम तथा भ्रमणका क्रममा भोटेकोशी क्षेत्र पुगेकाहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।
बेपत्ता भएका नागरिक रसुवा, नुवाकोट, धाटिङलगायतका जिल्लामा रोजगारी, व्यापार, व्यवसाय, धार्मिक यात्रा तथा अन्य काममा सिलसिलामा रहेका बेला अचानक बाढीको चपेटामा परेका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालयले बाढीपछि परिवारका सदस्यसँग सम्पर्क हुन नसकेका व्यक्तिका सम्बन्धमा सम्बन्धित प्रशासन वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरेको छ । बाढीका कारण आफन्त सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ । प्रहरीले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग समन्वय गरी सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिइएको जनाएको छ ।

 

प्रकाशित मिति: भाद्र १६ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend