धरानः सुनसरीमा क्रेनले किचेर एकजनाको ज्यान गएको छ ।
दुहबी-८ स्थित अरिहन्त एग्रो इन्ड्रष्ट्रिज प्रा.लि. अन्तर्गतको उद्योगमा कार्यरत् दुहबी-८ बस्ने ३६ वर्षीय महेश्वर मण्डलले बाँस बोकी जाने क्रममा अचानक खुट्टा चिप्ली भुईमा लड्दा उनलाई क्रेनले किचेको थियो ।
काम गरिरहेको अवस्थामा को१क ३०३४ नम्बरको हाइटा (क्रेन) पछाडि ब्याक गर्ने क्रममा चक्काले निजको टाउकोमा किचेपछि गम्भीर घाइते बनेका उनको तत्कालै उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । अस्पताल पुरयाइएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए ।
क्रेन चालक मोरङ बुढीगंगा गाउँपालिका २ बस्ने २७ वर्षीय छत्रबहादुर शेर्पालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।