Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान, इटहरीका कलेजले पठाउने भए प्रधानमन्त्री कोषमा ५६ लाख बढी

हाम्रो कोशी आवाज
भाद्र १८ २०८३, बिहिबार
धरान, इटहरीका कलेजले पठाउने भए प्रधानमन्त्री कोषमा ५६ लाख बढी

धरानः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले बाढी तथा डुबान पीडितका लागि ५६ लाख २८ हजार ६ सय ५२ रुपैयाँ सहयोग गर्ने भएको छ ।
हिसान सुनसरीले पत्रकार सम्मेलन गरी आफ्ना मातहतका शिक्षालयबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जानकारी दिएको हो ।
हिसानका अनुसार इटहरी, धरान तथा रामधुनी–इनरुवा क्लस्टरमा रहेका शिक्षालयबाट उक्त रकम संकलन भएको हो । इटहरी क्लस्टरबाट मात्रै ५२ लाख ९३ हजार ६ सय ४२ रुपैयाँ संकलन भएको छ । धरान क्लस्टरबाट १ लाख ६० हजार १० रुपैयाँ र रामधुनी–इनरुवा क्लस्टरबाट १ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । इटहरी क्लस्टरमा सबैभन्दा बढी विश्व आदर्श एकेडेमीले १२ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ । त्यसपछि सुष्मा सेकेन्डरी स्कुल एन्ड कलेजले ११ लाख २९ हजार ७ सय ५५ रुपैयाँ, ग्रीन पिस/इटहरी नमुना कलेजले ८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र कस्तुरी कलेजले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै कोशी सेन्ट जेम्स कलेजले ५ लाख ५० हजार, प्रिमियर कलेजले ३ लाख, लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार, पूर्वाञ्चल सेकेन्डरी स्कुलले १ लाख १५ हजार र सीबी रेस सेकेन्डरी स्कुलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । धरान क्लस्टरमा धरान सेकेन्डरी स्कुलले सबैभन्दा बढी ७५ हजार रुपैयाँ सहयोग गरेको छ । त्यसपछि सुनाखरी एकेडेमीले २० हजार १०, धरान आदर्श सेकेन्डरी स्कुलले २० हजार, सियोन इन्टरनेसनल स्कुलले २० हजार, विष्णु मेमोरियल स्कुलले १५ हजार र युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुलले १० हजार रुपैयाँ सहयोग गरेका छन् । रामधुनी–इनरुवा क्लस्टरमा लर्ड बुद्ध इन्टरनेसनल स्कुलले १ लाख ५५ हजार र आरम्भ विद्या मन्दिरले २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
हिसान सुनसरीले बाढी तथा डुबानबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले शिक्षालय, शिक्षक तथा विद्यार्थीबाट सहयोग रकम संकलन गरेको जनाएको छ । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि प्रयोग गरिने हिसान सुनसरी अध्यक्ष सागर भटराईले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १८ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend