Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानले प्रधानमन्त्री कोषमा ३७ लाख बढी पठायो

हाम्रो कोशी आवाज
भाद्र १८ २०८३, बिहिबार
धरानको बीपी प्रतिष्ठानले प्रधानमन्त्री कोषमा ३७ लाख बढी पठायो

धरानः हालै रसुवा जिल्लामा आएको भोटेकोशीको महाप्रलयपीडितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३७ लाख बढी रकम सहयोग गरेको छ ।
प्रतिष्ठानका पदाधिकारीहरू, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी एवम् पूर्व–कर्मचारीहरूबाट समेत स्वतःस्फूर्त रूपमा एकदिन बराबरको पारिश्रमिक, भत्ता तथा पेन्सन संकलन गरिएको र सैंतीस लाख दुई हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप तथा उद्दार कोषमा पठाइएको प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए ।
बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण धेरै अमूल्य जीवनहरू अकालमै गुम्न पुगेको खबरले प्रतिष्ठान परिवार स्तब्ध र मर्माहत बनाएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा सो विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भई प्रभावित बनेका नागरिकहरूप्रति प्रतिष्ठान परिवार गहिरो दुःख व्यक्त गर्दै पीडितहरूप्रति हार्दिक सहानुभूति प्रकट गर्दछ भनिएको छ ।
स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा अनुसन्धानका क्षेत्रमा राष्ट्रकै अग्रणी संस्थाको रूपमा स्थापित प्रतिष्ठानले आप्mनो उच्च सामाजिक उत्तरदायित्व बोध गर्दै विपद्को यस चुनौतीपूर्ण घडीमा प्रभावित क्षेत्रका नागरिकहरूलाई आपतकालीन राहत, उद्धार तथा पुनर्निर्माणमा टेवा पुरयाउने उद्देश्यले सो रकम संकलन गरिएको जनाइएको छ ।

प्रकाशित मिति: भाद्र १८ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend