Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बाढीपीडितलाई विराट ग्रुपको ७२ लाख सहयोग, निःशुल्क उपचार पनि गर्ने

हाम्रो कोशी आवाज
भाद्र १९ २०८३, शुक्रबार
बाढीपीडितलाई विराट ग्रुपको ७२ लाख सहयोग, निःशुल्क उपचार पनि गर्ने

धरानः रसुवालगायत क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुरयाउने उद्देश्यले विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गरेको छ ।
विराट ग्रुपमा कार्यरत् सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब स्वरूप संकलित रु. ४७ लाख ५० हजार तथा ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीको व्यक्तिगत तर्फबाट रु. २४ लाख ५० हजार गरी कुल रु. ७२ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिए ।
बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बिराट ग्रुपले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूसँग आफूहरू साथमा रहेको जनाएको छ । यसअघि नै बिराट ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीले विपद्का कारण घाइते भई उपचार आवश्यक पर्ने नागरिकलाई सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले बाढीबाट घाइते तथा प्रभावितहरूको उपचारका लागि विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आकस्मिक तथा विशेषज्ञ सेवा, शल्यक्रिया, सघन उपचार (आईसीयू), अस्पताल शय्या तथा आवश्यक चिकित्सा उपकरण र पूर्वाधार तयारी अवस्थामा राखेको जनाएको छ ।
त्यसैगरी बिराट हेल्थकेयर इन्डस्ट्रिज प्रा.लि. ले बाढी प्रभावित महिलाहरूको महिनावारी स्वास्थ्यलाई समेत ध्यानमा राख्दै आवश्यक सेनेटरी प्याड तथा डायपर लगायतका सामग्री सहयोग स्वरूप पठाएको जनाएको छ। विगत लामो समयदेखि नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएको बिराट ग्रुप अन्तर्गत रहेको बिराट नर्सिङ होम, बिराट मेडिकल कलेज टिचिङ हस्पिटल, बिराट मेडिकल कलेज र बिराट हेल्थकेयर इन्डस्ट्रिज प्रा. लि. ले विगतदेखि नै विपद्का बेला प्रभावितहरूको उपचार र स्वास्थ्य सेवामा निरन्तर सहयोग गर्दै आएका छन्।

प्रकाशित मिति: भाद्र १९ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend