Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फेसबुकमा पोष्टउँदा पत्रकार तेजन खड्का पक्राउ

हाम्रो कोशी आवाज
भाद्र १९ २०८३, शुक्रबार
फेसबुकमा पोष्टउँदा पत्रकार तेजन खड्का पक्राउ

धरानः सामाजिक सञ्जालमा स्टाटस लेखेका पत्रकार तेजन खड्का पक्राउ परेका छन् ।
ब्रेक एण्ड लिंक्स (बिएल) मा कार्यरत मोरङको ऊर्लाबारीका पत्रकार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । बुधबार उनले ‘मैदान र पार्क छोडौं, रेड लाइट एरिया बनाऊँ, आम्दानी हुन्छ’ भन्दै फेसबुकमा स्टाटस पोष्टयाएका थिए ।
उनको स्ट्याटसमाथि आपत्ति जनाउँदै वडाध्यक्ष उर्मिला थापाले विद्युतीय अपराधसम्बन्धी कसुरअन्तर्गत उजुरी हालेको पाइएको इलाका प्रहरी कार्यालय, उर्लाबारीले जनाएको छ ।
पत्रकार तेजन खड्का एक वडा अध्यक्षको उजुरीका आधारमा साइबर अपराधको आरोपमा पक्राउ परेका हुन् । वडाअध्यक्षले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत आफ्नो चरित्रमा आँच आउने तथा आपत्तिजनक सामग्री सम्प्रेषण गरिएको भन्दै खड्काविरुद्ध उजुरी दिएको बताइएको छ ।
खड्का लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । नेपाल पत्रकार महासंघ मोरङको सदस्य अभिलेखमा उनको सदस्यता २०७० सालदेखि रहेको देखिन्छ ।

प्रकाशित मिति: भाद्र १९ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend