धरानः सुनसरीमा गुडिरहेको सार्वजनिक बसको ढोकाबाट लड्दा सहचालकको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका ४ धर्मकाँटास्थित महेन्द्र लोकमार्गमा विराटनगरबाट नारायणगढतर्फ जाँदै गरेको प्र.०१-०२-००२ ख १२५५ नम्बरको बससका सह-चालक सापटे भन्ने विराटनगर महानगरपालिका १२ बस्ने वर्ष २३ को ईश्वर श्रेष्ठ बसको ढोकाबाट अचानक लडेर गम्भीर घाइते बनेका थिए ।
उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा लगिएको र चिकित्सकले चेकजाँज शुक्रबार राति साढे ८ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक विक्रम थापा मगरको कमाण्डमा टोलीले बस र बस चालक रौतहट चन्द्रपुर नगरपालिका ६ बस्ने ३७ वर्षीय गणेशबहादुर खपाङ्गी मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सह-चालकको लापरवाहीले ढोका खुल्ला राखी यात्रा गरेको हुँदा दुर्घटना हुन गएको प्रहरीले जनाएको छ ।