धरानः स्कुटी र सिटी सफारीको ठक्करले दुईजनाको मृत्यु भएको छ ।
मोरङको बेलबारी-९ स्थित लक्ष्मीमार्गबाट डाँगाबजारतर्फ जाँदै गरेको प्र.१–०२–०५३ प. ६६५१ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेको पैदल यात्री सोही ठाउँका ७५ वर्षीय बेग्री राजवंशीलाई ठक्कर दिएको थियो । शरीरको विभिन्न भागमा चोट लागेर घाइते अवस्थामा उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लगिएको थियो ।
उपचारका क्रममा शुक्रबार राति करिब ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटी चालक १७ वर्षीय अदित खवासको दुवै हात खुट्टामा चोट लागेको छ भने स्कुटीमा सवार १८ वर्षीय रुमन खवासको बायाँ हातमा चोट लागेको छ ।
यस्तै, झापाको भद्रपुर–२ सिटी सफारीको ठक्करले पैदलयात्री भद्रपुर २ स्ने ६४ वर्षीय पूर्णबहादुर पराजुलीलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । उनको ओम साई पाथिभरा अस्पतालमा उपचारका लागि लगिएको र उपचारका क्रममा राति करिब १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सफारी चालक भद्रपुर ३ बस्ने ४२ वर्षीय रमेश माझी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।