Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भानु कलेजका विद्यार्थीले युवाहरुको विदेश मोह र यसले नेपालको समृद्धिमा पारेको प्रभावबारे बोले

हाम्रो कोशी आवाज
भाद्र २१ २०८३, आइतबार
भानु कलेजका विद्यार्थीले युवाहरुको विदेश मोह र यसले नेपालको समृद्धिमा पारेको प्रभावबारे बोले

विराटनगरः विराटनगरस्थित भानु कलेजले आयोजना गरेको कविता र वक्तृत्वकला प्रतियोगितामा भव्य रुपमा सम्पन्न भएको छ ।
आइतबार कलेज परिसरमा आयोजित प्रतियोगितामा कवितातर्फ स्वस्तिका नेपाल प्रथम भएकी छन् । दुई दर्जनभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै स्वस्तिकाले प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । त्यस्तै कविता प्रतियोगितामा सादवीकुमार ठाकुर द्विती, निशा प्रसाईं तृतीय हुँदा अफ्रिन खातुनले सान्त्वना पुरस्कार प्राप्त गरिन् । कवि एवं पत्रकार मीनकुमार नवोदित र महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक नरेश पौडेल सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।
त्यस्तै वक्तृत्वकला प्रतियोगितामा समा खातुन प्रथम भएकी छन् । ‘युवाहरुको विदेश मोह र यसले नेपालको समृद्धिमा पारेको प्रभाव’ विषयक वक्तृत्वकला प्रतियोगितामा आफ्ना उत्कृष्ट विचार प्रस्तुत गरेर खातुन प्रथम भएकी हुन् । त्यस्तै दुई दर्जनभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै नेशन अपूर्ण खनाल द्वितीय हुँदा आस्मा खातुन तृतीय र शिवचरण चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
विजयी विद्यार्थीहरुलाई निर्णायकद्वय मीनकुमार नवोदित, नरेश पौडेल, कलेजका प्राचार्य वसन्त बस्नेत, कलेजका निर्देशक देवेश प्रधानलगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
अध्ययनसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका प्राचार्य बस्नेतले जानकारी दिए । उनका अनुसार कलेजले कविता, वक्तृत्वकला, चित्रकला, वादविवाद, खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

 

प्रकाशित मिति: भाद्र २१ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • ११ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • ११ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १४ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend