Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको बराहक्षेत्रमा उद्योग खोलेर ६५ जनालाई रोजगारी

हाम्रो कोशी आवाज
भाद्र २२ २०८३, सोमबार
सुनसरीको बराहक्षेत्रमा उद्योग खोलेर ६५ जनालाई रोजगारी

धरानः घरको काम मिलाएर उद्योग आउने र कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्ने गरेको वराहक्षेत्र नगरपालिका–५ की बबिता बस्नेतले बताएकी छन्।
प्लाइ उद्योग स्थापना भएदेखि नै काम गर्दै आएकी उनले काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा गाडीमा सामान राख्ने र झार्ने काम गरेर कमाएको पैसाले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहज भएको जानकारी दिएकी हुन्।
जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा भेनियर उत्पादनसँगै गाउँमै रोजगारी बढाउने उद्देश्यले २०८१ माघमा स्थापना गरिएको प्लाइउड उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो। उद्योगका व्यवस्थापन तथा लेखा प्रमुख दीपक रानामगरका अनुसार स्थानीय रोजगारीका लागि उद्योग प्रभावकारी देखिएको छ। वराहक्षेत्र–५ कालाबन्जरमा ७२ कट्ठा जग्गा लिजमा लिएर १ करोड ५० लाख रुपियाँ लगानीमा सञ्चालित उद्योगमा हाल ६० देखि ६५ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्।
स्थानीयस्तरमा पुरुष श्रमिक पाउन कठिनाइ भएपछि उद्योगमा महिला श्रमिकको सङ्ख्या बढी रहेको छ। उद्योगले दैनिक ८० हजारदेखि १ लाख स्क्वायरफिटसम्म भेनियर उत्पादन गर्छ। गाउँमै उद्योग खुलेपछि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता हटेको र परिवारसँगै बसेर कमाएको आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको श्रमिक रोशन चौधरीले बताए।
श्रमिकलाई कामअनुसार प्रतिघण्टाका दरले पारिश्रमिक दिने गरिएको छ। उत्पादन सुरु गर्दा दक्ष प्राविधिकको अभावमा भारतबाट जनशक्ति ल्याउनुपरे पनि अहिले नेपाली श्रमिकले नै मेसिन सञ्चालनलगायतका काम सिकिसकेका छन्। उद्योगले भेनियर उत्पादनका लागि उत्तिस, कटुस र चिलाउने जातका गोलिया काठ प्रयोग गर्दै आएको छ। आवश्यक काठ तेह्रथुम, खोटाङ र भोजपुर जस्ता पहाडी जिल्लाबाट ल्याइन्छ।
मेसिनमार्फत गोलिया काठलाई पातलो तहमा काटेर तयार गरिएको भेनियर इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुरका प्लाइउड उद्योगमा बिक्री हुने गरेको छ। यसका साथै भारतको उत्तर प्रदेश, राजस्थान र सिलीगुडीसम्म पनि भेनियर पठाउने गरिएको छ।
वार्षिक ५ करोड रुपियाँ बराबरको कारोबार गर्दै आएको यस उद्योगले उत्पादनका क्रममा निस्कने दाउरा र काठका टुक्रा बिक्री गरेर थप आम्दानीसमेत गर्छ। ठूला दाउरा प्रतिट्रक ५ हजार रुपियाँसम्म र साना टुक्रा प्रतिकिलो ३ देखि ५ रुपियाँसम्म बिक्री हुने गरेको छ।

प्रकाशित मिति: भाद्र २२ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend