Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ढिलासुस्ती र लापरबाही अब सहन सकिँदैनः मन्त्री आचार्य

हाम्रो कोशी आवाज
भाद्र २२ २०८३, सोमबार
ढिलासुस्ती र लापरबाही अब सहन सकिँदैनः मन्त्री आचार्य

धरानः कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले प्रदेशमा सञ्चालित विकास आयोजनाहरूमा हुने ढिलासुस्ती र लापरबाही अब सहय नहुने बताएका छन् ।
सोमबारको प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले पूर्वाधार विकास केवल भौतिक संरचना निर्माण मात्र नभई नागरिकको जीवन सहज बनाउने र अर्थतन्त्रलाई गति दिने माध्यम भएको बताए । मन्त्री आचार्यले मन्त्रालयले सामाजिक सञ्जाल र इमेलमार्फत जनताको प्रत्यक्ष सुझाव र गुनासो सुन्ने प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै प्राप्त सुझावहरूलाई आयोजनाको सुधारमा जोडिने बताए । उनले पूर्वाधार निर्माणको क्षेत्रमा ढिलासुस्ती एउटा साझा समस्याका रूपमा रहेको स्वीकार गर्दै भने, “आयोजना समयमा सम्पन्न नहुने र पटक–पटक म्याद थपिँदा पनि काम नहुने अवस्था अब सामान्य हुन सक्दैन । हामीले परिणाम निकाल्ने संस्कृतिको विकास गर्नुपर्छ ।”
संखुवासभाका दुई ठूला सडक आयोजनाको ढिलासुस्तीका विषयमा निर्माण व्यवसायी र कार्यालय प्रमुखहरूलाई बोलाएर छलफल गरिएको र प्रतिबद्धताअनुसार काम नभए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले चेतावनी दिए । साथै, भोटेकोशी महाविपत्तिबाट पाठ सिक्दै अब बन्ने नयाँ योजना र डीपीआरहरू भूगोललाई मध्यनजर गरेर बनाइने उनको भनाइ थियो ।
सांसदहरूले उठाएका आयोजनाहरूको विषयमा जानकारी दिँदै मन्त्री आचार्यले इनरुवा–रामधुनी १२.७ किलोमिटर सडकको निर्माण कार्य ४८ प्रतिशत सम्पन्न भइसकेको र २०८३ फागुनसम्ममा पुरा गर्ने गरी काम भइरहेको बताए ।
त्यस्तै, हरिनगरा गाउँपालिकाको ३.५ किलोमिटर लामो सडकको बजेट व्यवस्थापन भइसकेको र आगामी ज्येष्ठसम्ममा सम्पन्न गरिने उनले जानकारी दिए । इलामको फिक्कल–आरुपोटे–नामसालिङ सडकको डीपीआर तयार भइसकेको र आगामी आर्थिक वर्षको कार्यक्रममा यसलाई समावेश गरिने उनको आश्वासन थियो ।
मन्त्री आचार्यले झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर, खोटाङ र धनकुटाका कुल १२१ वटा अधुरा आयोजनाहरूको बजेट सुनिश्चितता गरी निर्माण कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । उनले केही योजनामा बजेटको अभाव रहे पनि त्यसलाई जुटाएर भए पनि पुरा गर्ने पक्षमा मन्त्रालय रहेको बताए ।
अन्त्यमा, बजेट पुनरावलोकन गर्दा कुनै आग्रह वा पूर्वाग्रह नराखी आवश्यकता, प्राथमिकता र प्रतिफललाई केन्द्रमा राखिने उनले स्पष्ट पारे । मन्त्री आचार्यले भने, “हाम्रा स्रोत र साधन सीमित छन्, तर सीमित साधनको अधिकतम उपयोग गरी गुणस्तरीय काम र जनताले महसुस गर्ने गरी पूर्वाधार विकास गर्न मन्त्रालयको सम्पूर्ण टिम कटिबद्ध छ ।” उनले १४ वटै जिल्लालाई समान व्यवहार गरिनेमा सबैलाई ढुक्क हुन आग्रह गरे ।

प्रकाशित मिति: भाद्र २२ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा इभीको ठक्करले ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर

    धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend