Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीन वर्ष जेलमा बसेर फेरि थाले लागूऔषधको कारोबार, बराहक्षेत्रबाट ठूलो परिमाणमा लागूऔषधसहित फेरि समातिए

हाम्रो कोशी आवाज
भाद्र २२ २०८३, सोमबार
तीन वर्ष जेलमा बसेर फेरि थाले लागूऔषधको कारोबार, बराहक्षेत्रबाट ठूलो परिमाणमा लागूऔषधसहित फेरि समातिए

धरानः सुनसरीमा ठूलो परिमाणमा खैरो हिरोइन (ब्राउन सुगर) सहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नमा बराहक्षेत्र नगरपालिका २ का कालुराम भन्ने ४० वर्षीय कर्णबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर २५.६३० ग्रामसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले चलाएको प्रदेश १–०२–०५१प ५९०१ नम्बरको मोटरसाइकलपनि बरामद भएको प्रहरीले जनाएको छ ।
उनी यसअघि पनि तीनपटक लागूऔषध मुद्दामा ३ वर्ष कैद सजाय भुक्तान गरी छुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

यस्तै, कारागारबाटै ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकामा सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा बस्दै आएका ३२ वर्षीय सुजित देउला छन् ।
विशेष सूचनाका आधारमा दिउँसो करिब ३ः३० बजे ललितपुर महानगरपालिका–९ च्यासलमा परिचालित टोलीले एकैदिन १ लाख ६ हजार ५ सय क्याप्सुल ट्रामाडोल बरामद गरेको छ ।

प्रकाशित मिति: भाद्र २२ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend