Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रका ५ जना अझै सम्पर्कमा आएनन्

हाम्रो कोशी आवाज
भाद्र २३ २०८३, मंगलबार
बराहक्षेत्रका ५ जना अझै सम्पर्कमा आएनन्

धरानः भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सुनसरकिो बराहक्षेत्र नगरपालिका क्षेत्रका पाँचजना अझैसम्म सम्पर्कविहीन रहेका छन् ।
बराहक्षेत्र नगरपालिका–३ की रुविनाकुमारी धामी, वडा नम्बर ५ का मोहन माझी, वडा नम्बर ७ का भुवन श्रेष्ठ र आशिष उराउ, वडा नम्बर ८ का मोहन माझी तथा वडा नम्बर ११ का मणिकरण राई रहेका छन् । उनीहरू रोजगारी तथा कामको सिलसिलामा त्यहाँमा पुगेका थिए ।
बेपत्ता हुनेमा रुविनाकुमारी कैलाश होटलमा कार्यरत् थिए भने मोहन हाइड्रोपावर सेक्युरिटी सुरक्षा गार्डकाका रुपमा कार्यरत् थिए । भुवन श्रेष्ठ टिमुरे क्षेत्रमा ट्रक चालकका रुपमा कार्यरत् थिए भने आशिष उराउ रसुवा भन्सारमा कार्यरत् रहेको जनाएको छ ।
बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेपनि हालसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन । परिवारजनले आफ्ना आफन्तको खोजीलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । यसैबीच, बेपत्ता व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बराहक्षेत्र नगरपालिकाले प्रत्येक परिवारलाई ५० हजार रुपैयाँका दरले खोजी कार्यको लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरप्रमुख रमेश कार्कीको पहलमा नगर कार्यपालिकाबाट सो निर्णय भएको हो ।

प्रकाशित मिति: भाद्र २३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १५ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा इभीको ठक्करले ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर

    धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend