Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीबाट लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
भाद्र २३ २०८३, मंगलबार
सुनसरीबाट लागूऔषधसहित समातिए

धरानः सुनसरीमा लागूऔषधसहित पक्राउ पर्ने क्रम बढ्दो छ ।
यसैक्रममा सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं. ७ मा लागूऔषध गाँजा लुकाइछिपाई राखिएको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले रमेश यादवको घर अगाडि रहेको मिल घरमा खानतलासी तथा चेकजाँच गर्दा लागूऔषध गाँजा १.९६ केजी फेला परेको प्रहरीले जनाएको छ ।
गाँजा फेला परेपछि देवानगञ्ज गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १९ को रामबाबु यादव, भारत अररिया जिल्ला सोनापुर पञ्चायत नं. ६ बस्ने वर्ष १९ को सोनु मेहता, पोसदाहा पञ्चायत नं. ६ बस्ने वर्ष २६ को सुमित संगम मेहता पक्राउ परेका छन् ।
यस्तै, इटहरी उपमहानगरपालिका वडा नं. १६ मित्तेरी टोल स्थितमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले वडा नं. १७ बस्ने वर्ष १९ को अबु खानलाई शंका लागि खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागूऔषध ब्राउन सुगर ०.१९ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी उप–महानगरपालिका वडा नं. १० डिभिएम बोर्डिङ छेऊबाट लागूऔषधसहित वर्ष १७ को शिवु मण्डल पक्राउ परेका छन् । उनको साथबाट लागूऔषध ब्राउन सुगर ०.३९ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीकै इटहरी उपमहानगरपालिका वडा नं. ७ बज्राहा मुसरी टोलमा लागूऔषध बिक्री वितरण भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा प्रहरी टोलीले स्थानीय वर्ष ४६ को दिनेश चौधरीलाई पक्राउ गरेको छ । उनको साथबाट सुगर ०.८७ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १२ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend