Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशीमा १० लाख सवारी साधन, बढ्दै दुर्घटना, ४४० जनाको मृत्यु, १० हजार बढी घाइते

हाम्रो कोशी आवाज
भाद्र २३ २०८३, मंगलबार
कोशीमा १० लाख सवारी साधन, बढ्दै दुर्घटना, ४४० जनाको मृत्यु, १० हजार बढी घाइते

धरानः कोशी प्रदेशमा दर्ता भएका सवारीसाधनको संख्या करिब १० लाख पुगेको छ। अन्य प्रदेशमा दर्ता भएर कोशीमा गुड्ने सवारीसाधनको संख्या पनि कम छैन। तर, ट्राफिक प्रहरीको जनशक्ति बढ्न नसक्दा सडक सुरक्षा झनै चुनौतीपूर्ण बन्दै गएको छ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार कोशीमा एक ट्राफिक प्रहरीको भागमा एक हजार ९४८ वटा सवारीसाधन र ४६ किलोमिटर सडक पर्छ। प्रदेशको करिब ४० लाख जनसंख्यालाई हेर्दा एकजना ट्राफिक प्रहरीले ९ हजार २१ जना सडक प्रयोगकर्ताको व्यवस्थापन गर्नुपर्ने अवस्था छ।
कोशी प्रदेशमा ट्राफिक प्रहरीको दरबन्दी २७० मात्र छ। ट्राफिक प्रहरीका रूपमा काजमा कार्यरत प्रहरी जनशक्ति ५७९ छ। यही जनशक्तिले कोशी प्रदेशका १४ जिल्लाका मुख्य राजमार्ग, सहायक सडक, बजार क्षेत्र, चोक तथा दुर्घटनाग्रस्त स्थानमा खटिएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित ९६ वटा ट्राफिक प्रहरी इकाइ सञ्चालनमा छन्। अझै प्रदेशका ५८ वटा पालिकामा ट्राफिक प्रहरीको नियमित पहुँच पुगेको छैन। यसैले स्थानीय बजार तथा ग्रामीण सडकमा हुने ट्राफिक नियम उल्लंघन, सवारी जाँच, सडक अनुशासनको पालना र दुर्घटना न्यूनीकरणको काम अझै चुनौतीपूर्ण बनिरहेको छ।
प्रदेशको तीन वर्षको तथ्यांकअनुसार कोशीमा आर्थिक वर्ष ०८०/८१ मा ३ हजार ६६३ वटा दुर्घटना भएका थिए। त्यसमा ३९७ जनाको मृत्यु र ६ हजार ७६ जना घाइते भए। ०८१/८२ मा दुर्घटनाको संख्या बढेर ५ हजार ६२६ पुग्दा ४३६ जनाको मृत्यु र ९ हजार २४९ जना घाइते भए। ०८२/८३ मा दुर्घटनाको संख्या ६ हजार ४९२ पुगेको छ। सो वर्ष दुर्घटनामा ४४० जनाको मृत्यु भएको छ भने १० हजार ६८७ जना घाइते भएका छन्।
तीन वर्षको तथ्यांक विश्लेषण गर्दा कोशी प्रदेशमा दुर्घटनाको संख्या ७७ प्रतिशतले बढेको छ। दुर्घटनाबाट हुने मृत्यु ११ प्रतिशत र घाइतेको संख्या ७५ प्रतिशत पुगेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार दुर्घटना बढ्नुमा चालकको लापरबाही, तीव्र गति, मादक तथा लागुपदार्थ सेवन, ओभरटेक, सडकको अवस्था, सवारीको यान्त्रिक अवस्था तथा सडक अनुशासनको कमीलाई प्रमुख कारण मानिन्छ। यीमध्ये धेरै पक्षमा प्रत्यक्ष निगरानी र नियन्त्रण गर्ने जिम्मेवारी ट्राफिक प्रहरीकै हुन्छ। तर, एउटै प्रहरीले लामो सडकखण्ड, ठुलो संख्यामा सवारीसाधन र हजारौँ सडक प्रयोगकर्तालाई निगरानी गर्नुपर्ने अवस्थाका कारण समस्या रहेको उनले बताए।
कोशी प्रहरीले पछिल्ला वर्षमा ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग बढाएको छ। आर्थिक वर्ष ०८१/८२ मा प्रदेशका मुख्य तथा सहायक सडकमा ९३२ स्थानमा सिसिक्यामेरा जडान गरिएको छ। विराटनगरका दूध फार्म र खार्जी तथा झापाको झिलझिलेमा नम्बर प्लेट डिटेक्टरसहितका क्यामेरा राखिएका छन्। गति नियन्त्रणका लागि राडर गन, सार्वजनिक सवारीको निगरानीका लागि टाइम कार्ड तथा ट्राफिक कारबाहीलाई पारदर्शी बनाउन ई–चलानको पनि प्रयोग भइरहेको छ।
कोशी प्रदेशमा प्रहरीले आर्थिक वर्ष ०८१/८२ मा मात्रै ६ लाख १६ हजारभन्दा बढी सडक प्रयोगकर्तालाई ट्राफिक सचेतना दिएको थियो। सो वर्ष ट्राफिक नियम उल्लंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारीसाधनमाथि कारबाही गरिएको थियो भने १६ करोड २९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो।
तर, प्रविधिले मात्र पूर्ण रूपमा ट्राफिक व्यवस्थापन गराउन र दुर्घटना न्यूनीकरण गर्न सकिएको छैन। विभिन्न कारणले सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिको आवश्यकता देखिन्छ। प्रदेश प्रहरी प्रवक्ता एसएसपी थापा भन्छन्, ‘यसैले सवारीसाधनको बढ्दो संख्या, सडक विस्तार, सहरीकरण र सडक प्रयोगकर्ताको संख्याअनुसार ट्राफिक व्यवस्थापनको संरचना पुनरवलोकन गर्नुपर्ने अवस्था आएको छ।’

प्रकाशित मिति: भाद्र २३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • ११ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १५ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend