Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटार आउँदै गरेको ट्रकमा १२ सय ४० किलो गाँजा फेला, चालक हाम फालेर भागे

हाम्रो कोशी आवाज
भाद्र २४ २०८३, बुधबार
भेडेटार आउँदै गरेको ट्रकमा १२ सय ४० किलो गाँजा फेला, चालक हाम फालेर भागे

धरानः धनकुटाको साँगुरीगढी गाउँपालिका–७, फेदीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एउटा ट्रक बरामद गरेको छ ।
कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्न खोजेको थियो ।
प्रहरीका अनुसार चेकिङ टोलीले ट्रक रोक्न खोजेपछि चालक ट्रकबाट हाम फालेर फरार भएका थिए । ट्रक शंकास्पद लागेपछि सुरक्षाकर्मीले चेकजाँच गर्दा ट्रकभित्र लुकाइराखिएको अवस्थामा एक हजार २४० किलो ६ सय ग्राम गाँजा फेला परेको हो ।
गाँजा र ट्रक नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २४ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend