Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हत्या आरोपमा आमाछोरा समातिए, ‘भित्री क्लु’ ले समातिए

हाम्रो कोशी आवाज
भाद्र २६ २०८३, शुक्रबार
हत्या आरोपमा आमाछोरा समातिए, ‘भित्री क्लु’ ले समातिए

धरानः पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट आफ्नै बुबाको हत्या आरोपमा आमा र छोरा पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका–३ का इन्द्रकुमार दमाईको हत्या भएको भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । ४८ वर्षीय दमाई भदौ २० गते छिमेकी भिङ राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानबाट आमा–छोरा मिलेर बुबाको हत्या गरेको खुलेपछि मिक्लाजुङ–३ की ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिष कर्णले जानकारी दिए । प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थपिएको प्रहरीले जनाएको छ ।
गएको भदौ २० गते छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका इन्द्रकुमार मृतक दमाईंको घाँटीमा सलको पासो लगाइएको थियो भने निधारलगायत शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट देखिएको थियो । त्यसपछि प्रहरीले सुक्ष्म अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा पक्राउ परेका आमा–छोराले दमाईंलाई आफ्नै घरमा बन्चरो र दाउले प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । हत्या गरेपछि शवलाई सुरुमा घरनजिकैको आल्चाको रुखमा झुन्ड्याइएको र पछि त्यहाँबाट करिब पाँच सय मिटर तल भीरपाखामा लगेर फालेको उनीहरूले बयान दिएका छन् । प्रहरीले घटनामा प्रयोग भएको बन्चरोसहित अन्य केही हतियारसमेत बरामद गरेको छ ।

प्रकाशित मिति: भाद्र २६ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • ११ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • ११ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १४ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend