Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गुडिरहेको टेम्पो दुर्घटनापछि आगलागी, छोरीको मृत्यु, आमा गम्भीर, अन्य चारजना पनि घाइते

हाम्रो कोशी आवाज
भाद्र २७ २०८३, शनिबार
गुडिरहेको टेम्पो दुर्घटनापछि आगलागी, छोरीको मृत्यु, आमा गम्भीर, अन्य चारजना पनि घाइते

धरानः इलाममा अटो (टेम्पो) दुर्घटना भई आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । यस्तै, तीनजना सामान्य घाइते छन् ।
फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटनापछि आगलागी हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिए ।
झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा ८ वर्षीया खुशिका श्रेष्ठ भन्ने सुस्मिता श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ करिब ५ बजे दुर्घटना भएको र उनलाई अस्पतालले राति ८ः१५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शरीरको विभिन्न भागमा जलेको अवस्थामा उनको उपचार भइरहेको थियो ।
दुर्घटनामा सुस्मिताकी आमा २७ वर्षीया कविता श्रेष्ठ पनि गम्भीर घाइते भएकी छिन् । उनी फाकफोकथुम–६ हाङ्मासुली माइती घर आएकी थिइन् । उनको पनि शरीरको विभिन्न भागमा जलेको अवस्थामा उपचार भइरहेको छ ।
पोखरी–कमेरे भित्री कच्ची सडकखण्डमा मधेश प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको थियो । दुर्घटनापछि अटोबाट पेट्रोल लिकेज भएर आगलागी भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी एकतप्पाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
दुर्घटनामा अटो चालक फाकफोकथुम–६ पोखरी बजारका करिब ३५ वर्षीय लोकबहादुर श्रेष्ठ गम्भीर घाइते छन् । त्यस्तै, देउमाई नगरपालिका–४ मंगलबारे घर भई हाङ्मासुली माइती भएकी २२ वर्षीया दुर्गादेवी श्रेष्ठ सामान्य, हाङ्मासुलीकी २७ वर्षीया मन्दिरा थापा मध्यम तथा झापाको कनकाई नगरपालिका–माईधार घर भई हाङ्मासुली माइती भएकी ४० वर्षीया रमाकुमारी श्रेष्ठ सामान्य घाइते भएकी छन् ।
घाइते सबैको उपचार भइरहेको छ । सामान्य घाइते रमाकुमारी श्रेष्ठ भने उपचारका लागि नबसी माइतीतर्फ गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चालकले सडकमा ध्यान केन्द्रित नगर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २७ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • ११ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • ११ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १४ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend