Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अपडेटः अटो दुर्घटनामा आमा-छोरी दुवैको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २७ २०८३, शनिबार
अपडेटः अटो दुर्घटनामा आमा-छोरी दुवैको मृत्यु

धरानः फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा घाइते आमा–छोरी दुवैको उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी करिब ८ वर्षीया सुस्मिता श्रेष्ठको शुक्रबार राति ८ः१५ बजे बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी आमा २७ वर्षीया कविता श्रेष्ठको पनि उपचारकै क्रममा मृत्यु भएको हो । कविताको शनिबार बिहान ६ बजे सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरी–कमेरे भित्री कच्ची सडकखण्डमा मधेश प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेको थियो । दुर्घटनापछि अटोबाट पेट्रोल लिकेज भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटो चालक फाकफोकथुम–६ पोखरी बजारका करिब ३५ वर्षीय लोकबहादुर श्रेष्ठ गम्भीर घाइते छन् । त्यस्तै, देउमाई नगरपालिका–४ मंगलबारे घर भई हाङ्मासुली माइती भएकी २२ वर्षीया दुर्गादेवी श्रेष्ठ सामान्य, हाङ्मासुलीकी २७ वर्षीया मन्दिरा थापा मध्यम तथा झापाको कनकाई नगरपालिका–माईधार घर भई हाङ्मासुली माइती भएकी ४० वर्षीया रमाकुमारी श्रेष्ठ सामान्य घाइते भएकी छन् ।
घाइते सबैको उपचार भइरहेको छ । चालकले सडकमा ध्यान केन्द्रित नगर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २७ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend