Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज दिउँसो चट्याङले लागेर मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २७ २०८३, शनिबार
आज दिउँसो चट्याङले लागेर मृत्यु

धरानः उदयपुरको कटारी नगरपालिका–८ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटारी नगरपालिका–८ निवासी ३५ वर्षीय रुद्रबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो साढे २ बजे वर्षासँगै परेको चट्याङको झट्का लागेर तामाङ गम्भीर घाइते भएका थिए । घरको झ्याल बन्द गर्ने क्रममा चट्याङको झट्का लागेपछि उनी घाइते भएको प्रहरीले जनाएको छ ।
घटना लगत्तै प्रहरीसहितको टोलीले तामाङको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याएको थियो ।
तर, अस्पतालका चिकित्सकले परीक्षणपछि शनिबार साँझ ८:३५ बजे तामाङलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २७ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend