Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घाइतेलाई अस्पताल लैजानुको सट्टा सिटी सफारी चालकले सडकमै छाडेर भागेपछि…

हाम्रो कोशी आवाज
भाद्र २८ २०८३, आइतबार
घाइतेलाई अस्पताल लैजानुको सट्टा सिटी सफारी चालकले सडकमै छाडेर भागेपछि…

धरानः दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धलाई अस्पताल पुर्‍याउनुको सट्टा सडकमा छाडेर फरार भएका सिटी सफारी चालक पक्राउ परेका छन्। घाइते अवस्थामा सिटी सफारीमा राखेर अस्पताल लैजाने भन्दै लगेका ८२ वर्षीय तीर्थराज बस्नेतलाई चालकले केही पर सडकमा छाडेको र त्यसको केही समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार बिहान विराटनगर महानगरपालिका–९ स्थित ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ निवासी बस्नेतलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी उपचारका लागि सोही सिटी सफारीमा राखेर पठाएका थिए।
तर, अस्पताल पुर्‍याउनुको सट्टा चालकले उनलाई विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर फरार भएको खुलेको छ। प्रहरीले वृद्धलाई सडकमा छाडेपछि चालक सिटी सफारीसहित त्यहाँबाट भागेको जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार केही समयपछि मालपोत कार्यालयनजिकै वृद्ध मृत अवस्थामा फेला परेका थिए। बिहान करिब ६:३० बजे एक वृद्ध पुरुष सडकमा मृत अवस्थामा रहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी मकेन्द्रकुमार मिश्रको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। सुरुमा मृतकको पहिचान खुल्न सकेको थिएन। पछि विराटनगर–८ का माधव बस्नेतले मृतक आफ्ना बुवा तीर्थराज बस्नेत भएको सनाखत गरेका थिए।
प्रहरीका अनुसार दुर्घटनापछि घाइतेलाई तत्काल अस्पताल पुर्‍याइएको भए उनको ज्यान जोगिन सक्ने सम्भावना थियो। तर, उपचारका लागि अस्पताल लैजानुपर्ने जिम्मेवारी रहेका चालकले घाइतेलाई सडकमा छाडेर भागेको घटनाले मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको एसपी कटवालले बताए।
घटनालगत्तै प्रहरीले सिटी सफारी र चालकको खोजी थालेको थियो। खोजीका क्रममा बिहान करिब ८:३० बजे मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट ५५ वर्षीय अर्जुन भगत पक्राउ परेका छन्। पक्राउ परेका भगतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।

प्रकाशित मिति: भाद्र २८ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • ११ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • ११ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १४ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा इभीको ठक्करले ड्युटीमा रहेका प्रहरी हवल्दार गम्भीर

    धरानः धरानमा इभीले मोटरसाइकललाई ठक्कर दिँदा ड्युटीमा खटिएका एक प्रहरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा प्रहरीका दुवै खुट्टा र अनुहारमा चोट लागेको छ...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend