Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजले प्रधानमन्त्री कोषको खातामा १ लाख १२ हजार १११ रुपैयाँ जम्मा

हाम्रो कोशी आवाज
भाद्र २९ २०८३, सोमबार
धरानको युएन, नवोदय कलेजले प्रधानमन्त्री कोषको खातामा १ लाख १२ हजार १११ रुपैयाँ जम्मा

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा साथ दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
गत भदौ १० गते भएको अकल्पनीय प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुरयाउने उद्देश्यले युएन नवोदय परिवारले सो रकम संकलन गरेको हो ।
विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय, प्सस टु कलेज र व्यवस्थापनको संयुक्त पहलमा संकलित रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा जम्मा गरिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । विपत्तिका बेला पीडितको दुःखमा साथ दिनु सामाजिक उत्तरदायित्व भएकाले संस्थागत रूपमा सहयोग गरिएको उनले बताए ।
‘विपत्ति लगत्तै हाम्रा विद्यार्थी र शिक्षक–कर्मचारीहरूले व्यक्तिगत तथा स्वैच्छिक रूपमा राहत र सहयोग गरिरहनुभएको थियो,’ उनले, ‘यो सहयोग पनि विपत्तिमा परेका आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीको पीडामा सानो भए पनि मलम लगाउने प्रयास हो ।’
युएन, नवोदयले पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ । राष्ट्रिय संकट तथा सामाजिक अभियानमा संस्थाले विगतदेखि नै सहयोग गर्दै आएको छ ।
संस्थाका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूका अनुसार युएन नवोदयले यसअघि धरानको कोकाहा खानेपानी अभियानमा सहयोग गर्नुका साथै महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि समेत आर्थिक सहयोग गरेको थियो ।
‘शिक्षासँगै विद्यार्थीमा सामाजिक उत्तरदायित्व र मानवीय भावनाको विकास होस् भन्ने हाम्रो उद्देश्य हो,’ लिम्बूले भने, ‘विपत्तिका बेला गरिएको यो सहयोग पनि त्यही सोचको निरन्तरता हो ।’
प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवस्थापनको संयुक्त प्रयासमा गरिएको यो सहयोगले युएन नवोदयको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता देखाएको छ ।

प्रकाशित मिति: भाद्र २९ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend