Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ठेकेदारबाट दुई अर्ब असुल्दै

हाम्रो कोशी आवाज
भाद्र २९ २०८३, सोमबार
ठेकेदारबाट दुई अर्ब असुल्दै

बिर्तामोडः हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काइ नदीमा निर्माणाधीन पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती जेभीबाट सरकारले झन्डै दुई अर्ब रुपैयाँ असुलउपर गर्ने भएको छ।
झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ मिटर लामो पुल निर्माणको जिम्मा लिएर काममा ढिलासुस्ती गरेको भन्दै निर्माण कम्पनीलाई एक अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ दायित्व तोकिएको हो।
हुलाकी राजमार्ग निर्देशनालय, इटहरी आयोजनाले सार्वजनिक खरिद ऐनअनुसार उक्त रकम राजस्व खातामा दाखिला गर्न निर्माण कम्पनीका नाममा ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको अवधिभित्र रकम नबुझाए कम्पनीको चल–अचल सम्पत्तिबाट सरकारी बाँकीसरह असुलउपर गरिने आयोजनाले जनाएको छ।
आयोजना प्रमुख युवराज पोखरेलका अनुसार अधुरो पुल निर्माण सम्पन्न गर्न लाग्ने थप लागत, पुरानो ठेक्का सम्झौतामा रहेको रकम र हालको लागतबीचको अन्तर तथा कानुनबमोजिम लाग्ने विभिन्न जरिवानासमेत जोडेर कम्पनीको दायित्व निर्धारण गरिएको हो।
यसअघि निर्माण कम्पनीले धरौटीबापत राखेको एक करोड ७१ लाख रुपैयाँको बैंक ग्यारेन्टी जफत गरी राजस्व खातामा जम्मा गरिसकिएको छ। तोकिएको समयभित्र बाँकी रकम दाखिला नगरे लगत कसी तहसिल कार्यालयमार्फत असुली प्रक्रिया अघि बढाइने पोखरेलले बताए।
कम्पनीले सडक विभागअन्तर्गतका अन्य कार्यालयबाट पाउने भुक्तानीसमेत रोक्का गर्न पत्राचार गरिएको आयोजनाले जनाएको छ। काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयको सिफारिसमा निर्माण कम्पनीलाई यसअघि नै तीन वर्षका लागि कालोसूचीमा राखिसकिएको छ।
विसं २०६८ जेठ ३१ गते कन्काइ नदीमा पुल निर्माणका लागि ३४ करोड नौ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०७२ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पुलको पाँच पटकसम्म म्याद थपिए पनि भौतिक प्रगति ५६ प्रतिशत मात्रै भएको थियो।
निर्माणमा निरन्तर ढिलाइ भएपछि आयोजनाले गत वर्षको मङ्सिरमा ठेक्का सम्झौता रद्द गरेको थियो।
ठेकेदारको लापरबाहीका कारण डेढ दशकदेखि पुल निर्माण पूरा हुन नसक्दा स्थानीय बासिन्दाले लामो समयदेखि सास्ती खेप्दै आएका छन्। वर्षायाममा उर्लिएको कन्काइ नदी जोखिम मोलेर डुङ्गाबाट पार गर्नुपर्ने तथा हिउँदमा शुल्क तिरेर बाँसको अस्थायी पुल प्रयोग गर्नुपर्ने बाध्यता स्थानीयको छ।

प्रकाशित मिति: भाद्र २९ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • ९ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १० घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १३ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend