Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु, प्रहरीसहित ६ जना घाइते

हाम्रो कोशी आवाज
भाद्र ३१ २०८३, बुधबार
छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु, प्रहरीसहित ६ जना घाइते

धरानः तीब्र गतिको मोटरसाइकल दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ ।
तीब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुुँदा भारतको अररिया थाना पलासी गोठगाउँकी ४० वर्षीय मुना मण्डलको मृत्यु भएको हो । गम्भीर घाइते बनेकी उनलाई तत्कालै रंगेली अस्पताल पुरयाइएको थियो । राति करिब १०ः०५ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढबाट डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३८ एल ७९२० नम्बरको भारतीय मोटरसाइकल मंगलबार राति करिब ९ः२० बजेतिर हर्चनगढी पुलबाट करिब ८ मिटर तल खसेको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एकजना घाइते भएका छन् । मोटरसाइकलको पछाडि सवार सुनवर्षी–८ हर्चनगढीका अन्दाजी ३५ वर्षीय दीपेश मण्डल पनि दुर्घटनामा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र रंगेली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।
सुनसरीमा प्रहरीसहित पाँचजना घाइते
यस्तै, सुनसरीको दुहबीमा तीब्र गतिको दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई प्रहरीसहित पाँचजना घाइते भएका छन् ।
दुहबी नगरपालिका–२ स्थित भित्री सडकखण्डमा मंगलबार राति करिब ९ः३० बजे नेपाल प्रहरी विशेष सुरक्षा गणतर्फ प्रवेश गर्दै गरेको प्रदेश १–०२–०५६ प ४२७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को२७प ९६८६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा प्रदेश १–०२–०५६प४२७६ नम्बरको मोटरसाइकल चालक प्रहरी सहायक हवल्दार धीरज चौधरी र पछाडि सवार प्रहरी जवान बाबुराम बुढाथोकी घाइते भएका छन् । चौधरीको बायाँ खुट्टा र टाउकोमा तथा बुढाथोकीको टाउको र देब्रे खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य छ ।
यस्तै, अर्को मोटरसाइकल चालक श्यामसुन्दर साह तथा पछाडि सवार अरबिन यादव र रामरतन मण्डल पनि घाइते भएका छन् । उनीहरूको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न को२७प ९६८६ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीमा राखेको छ ।
भाँडोमा डुबेर बालिकाको मृत्यु
मोरङको केराबारी गाउँपालिका–१ तेलेङ पाटीगाउँमा पानी भरिएको भाँडोमा डुबेर २ वर्ष ६ महिना (अढाई वर्ष) की नाबालिकाको मृत्यु भएको छ ।
फडीन्द्र मगरकी छोरी दियाना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ः३० बजे आफ्नै घरमा खेल्ने क्रममा जाँड पकाउन प्रयोग हुने फोसी (भाँडो) मा भरिएको चिसो पानीमा बालिका डुबेको अवस्थामा उनकी आमा यमुना मगरले फेला पारेकी थिइन् ।
बालिकालाई तत्काल उपचारका लागि धनकुटाको डाँडाबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । तर, स्वास्थ्य केन्द्रका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाका बारेमा धनकुटाको प्रहरी चौकी डाँडाबजारले साँझ करिब ६ः१० बजे मोरङ प्रहरीलाई जानकारी दिएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: भाद्र ३१ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १० घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १३ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend