Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

हाम्रो कोशी आवाज
भाद्र ३१ २०८३, बुधबार
उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् ।
उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा ठक्कर खाँदा हायस चालकसहित १७ जना घाइते भएका हुन् । बुधबार बिहान १०ः०० बजेको समयमा कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना७ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ५६३५ नम्बरको यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिई घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा हायसमा सवार चालक तथा सहचालकसहित १७ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरमा रिफर गरिएको छ भन्ने अन्य घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेहरू
१. हायसमा सवार जिल्ला गोर्खा काठमाडौं चन्दागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष अ. ५६ की इन्दिरा श्रेष्ठ
२. जिल्ला मोरङ सुन्दरहरैचा न.पा. वडा नं. ७ बस्ने वर्ष अ. २७ की पवित्रा भट्टराई
३. जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १४ बस्ने वर्ष अ. ४८ की रुक माया श्रेष्ठ
४. ऐ.ऐ. बस्ने वर्ष अ. ५३ की पविना श्रेष्ठ
५. जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं. ६ रमाइलो बस्ने वर्ष अ. २४ को लबिन चौलागाई
६. हायसको सह–चालक जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं. ६ रमाइलो बस्ने वर्ष अ. ४० को देवराज बि.क.
७. हायस चालक ऐ.ऐ. बस्ने वर्ष अ. ४४ को राम बहादुर बि.क.
८. जिल्ला बाँके नेपालगञ्ज न.पा. वडा नं. ३ बस्ने वर्ष अ. २१ की लक्ष्मी गिरी
९. जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. ३ मिलन चोक बस्ने वर्ष अ. ४२ की रस्मिला दाहाल
१०. जिल्ला मोरङ सुन्दरहरैंचा न.पा. वडा नं. ०६ बस्ने वर्ष अ. ७९ की जमुना राई
११. ऐ.ऐ. बस्ने वर्ष अ. ४१ को एदु चन्द्र राई
१२. जिल्ला ईलाम जोग माई न.पा. वडा नं. १ बस्ने वर्ष अ. २५ को सगुन गुरुङ
१३. जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ६ बस्ने वर्ष अ. ३१ को डम्बर बहादुर बि.क.
१४. जिल्ला सिन्धुली कमलामाई न.पा. वडा नं. १ बस्ने वर्ष अ. ४० की सानु थापा,
१६. जिल्ला उदयपुर बेलका न.पा. वडा नं. ६ बस्ने वर्ष अ. २० को सुदीप राई
१७. जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. ५ वस्ने वर्ष अ. ४३ की शान्ति न्यारिका

प्रकाशित मिति: भाद्र ३१ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend