Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीका किसानलाई भ्याइनभ्याइ

हाम्रो कोशी आवाज
असोज १ २०८३, बिहिबार
सुनसरीका किसानलाई भ्याइनभ्याइ

सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र बिक्री गर्न लैजान काममा यहाँका किसान व्यस्त छन् ।
पानीबाट निकालेपछि जुट र सन्ठी केलाएर छुट्याइन्छ । जुट सुकाएपछि बिक्री गर्न योग्य हुन्छ भने सन्ठी दाउराको विकल्पको रूपमा सिधै तथा गुइँठा बनाउन प्रयोग गरिन्छ । यसबाहेक घेराबेरा लगाउन पनि प्रयोग हुन्छ ।
नेपालमा जुटको उत्पादन मुख्यतः गर्मी तथा वर्षायाममा हुने गर्छ। जुट खेतीका लागि तातो र आर्द्र हावापानी तथा पर्याप्त वर्षा आवश्यक पर्ने भएकाले यसको खेती प्रायः तराई क्षेत्रमा हुने गरेको छ । सामान्यतया जुट चैत–वैशाखमा रोपिन्छ, जेठ–असारमा यसको वृद्धि तीव्र हुन्छ र साउन–भदौमा कटाइ तथा उत्पादन गरिन्छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ का किसान रसिद मियाँ यतिबेला जुट केलाउन व्यस्त छन् । ‘जुट काटेर पानीमा १५ दिन डुबाएपछि केलाउन तयार हुन्छ । अहिले पाँच जना मजदुरलाई केलाउन दुई दिन लाग्यो,’ उनले सुनाए । उनले पाँच कट्ठा जमिनमा जुट लगाएका थिए ।

त्यसैगरी, भोक्राहा नरसिंह–२ कै रञ्जीत मेहताले १० कट्ठा, चन्दन मेहताले १४ कट्ठा, जगदीश मेहताले पनि ४ कट्ठा जमिनमा जुट लगाएका छन् । यहाँ ५ देखि १०–१२ कट्ठासम्म जुट लगाउने किसान धेरै छन् ।
नगदे बाली भनेपनि यसमा सोही प्रकारको लगानीसमेत हुने रञ्जित मेहता बताउँछन् । ‘पाँच कट्ठा जमिनमा जुट लगाउँदा ५० हजार त खर्चै हुन्छ । कामदारको समस्या पनि उस्तै छ । महँगो, खानासहित दिनको १२ सय जति पर्न जान्छ,’ उनले सुनाए ।
जुट अहिले स्थानीय बजारमा ४० केजीको ६ हजार रुपियाँले बिक्री भइरहेको किसान बताउँछन् । जुट केलाएको थाहा पाएपछि व्यापारी घरमै लिन आउँछन् ।
सुनसरीमो भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, देवानगन्ज गाउँपालिका, दुहवी नगरपालिका र इनरुवा नगरपालिकामा बढी जुट खेती हुने कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।
केन्द्रका सूचना अधिकृत प्रवीण श्रेष्ठका अनुसार गत वर्ष सुनसरीमा १ हजार ३०८ हेक्टर जमिनमा जुट खेती गरिएकोमा २ हजार १० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष पनि किसानले १ हजार ३३४ हेक्टर जमिनमा लगाएका थिए । यस वर्ष २ हजार ८१ मेट्रिक टन उत्पादन भएको छ ।
पूर्वी तराईका झापा, मोरङ र सुनसरीको उत्पादनले मात्र सुनसरी र मोरङका जुट उद्योगका लागि कच्चापदार्थ पुगिरहेको अवस्था छैन । बंगलादेश र भारतबाट जुट आयात गरिरहनु परेको जुट उद्योगीहरू बताउँछन् ।
केही वर्ष पहिलेभन्दा अहिले किसानले जुटको मूल्य राम्रो पाइरहेका छन् । यसैक्रमले जुटको मूल्य बढ्ने हो भने किसानले पनि जुट खेतीको क्षेत्रफल बढाउँदै लैजाने र उत्पादन पनि बढ्न जाने श्रेष्ठको भनाइ छ । एक/दुई वर्षमा जुट खेती अझ विस्तार हुँदै जाने हो भने देश जुटमा आत्मनिर्भर हुन धेरै वर्ष नलाग्ने उनले बताए । तस्बिर : नवीन गड्तौला/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: असोज १ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • ९ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १० घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • १ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend