Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

हाम्रो कोशी आवाज
असोज १ २०८३, बिहिबार
धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना भएको छ ।
कोशी प्रदेशका तीन जिल्ला सुनसरी, उदयपुर र धनकुटाका धार्मिक र पर्यटन क्षेत्रको प्रबद्र्धन, प्रचारप्रसार, अन्तक्र्रिया तथा बाहय पर्यटकहरुलाई सहज वातावरण तिर्थ गर्न र चतरादेखि बराहक्षेत्र मन्दिर परिसरसम्म पुग्ने पूर्वाधार निर्माणमा समेत समितिले कामका सहजीकरण शुरु गरिसकेको बृहत्तर बराहक्षेत्र बिकास समितिका कार्यकारी निर्देशक अविजाल विष्ट बताएका छन् ।
बराह मन्दिर र रामधुनी मन्दिर परिसरमा पनि सम्पर्क कार्यालय खोली भेटीलाई व्यवस्थित र पारदर्शिता बनाउन लागिएको र यसका लागि डिजिटाइजेशन प्रकियामा जाने कार्यकारी निर्देशकले विष्टले बताए । सुनसरी, उदयपुर र धनकुटाका मुख्य धार्मिक तथा पर्यटकीय ठाउँहरूको राम्रो व्यवस्थापन गर्न र दर्शनार्थीहरूलाई सूचना तथा सेवा दिनका लागि खोलिएको कार्यालयहरूले सहजीकरण गर्नेछन् ।
भेडेटार चोकमा रहेको डिस्प्ले मार्फत् बृहत्तर बराहक्षेत्र विकास समितिले पर्यटकीय क्षेत्रका तस्वीर प्रदर्शन गर्दै आएको छ । विराटनगर एयरपोर्टमा रहेको डिस्प्लेमार्फत् पनि यस क्षेत्रका पर्यटकीयस्थलहरू रामधुनी, श्रीलंका टापु, कोशी कोरिडोर क्षेत्र, बेलकाराजा बेलकारानी दरबार, मैनाराजा मैनारानी दरबार, खुवालुङ, कुम्भ स्तम्भ, औलियामोठ, छिन्ताङदेखि, पाथिभरा मन्दिर, दन्तकाली, बुढासुब्बा मन्दिर, विष्णपादुका मन्दिरलगायतका पर्यटक क्षेत्रहरुलाई समेत डिस्प्लेमार्फत् विभिन्न स्थानबाट विराटनगर एयरपोर्ट हुँदै आउने यात्रुहरूले हेर्ने व्यवस्था गरिएको जनाइएको छ।
धार्मिक पर्यटकीय सर्किट तयार गरी सुनसरीको रामधुनी हुँदै श्रीलंका टापुबाट बेलका राजा बेलकारानी दरबार, महाकालथान मन्दिर हुादै कोशी नदीको शुक्लाफाँट हुँदै औलिया मोठसम्मको एक सर्किट, औलियामोठ हुँदै बराह मन्दिर, खुलालुङ, कोकाह संगम, मैनाराजा मैनारानी र त्रिवेणीधाम छिन्ताङ एक सर्किट लगायतका अन्य धार्मिक पर्यटक सर्किट बनाइसकेको र सरोकारवालाहरूसँग छलफल भइरहेको कार्यकारी निर्देशक विष्टले जानकारी दिएका छन् । धरान र भेडेटार पुग्ने पर्यटकलाई बराहक्षेत्र र रामधुनीसम्म जोड्ने काम गर्ने उनले बताए ।

प्रकाशित मिति: असोज १ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend