Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

हाम्रो कोशी आवाज
असोज २ २०८३, शुक्रबार
इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् ।
पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक २९ वर्षीय अनिल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
बिहीबार साढे ४ बजे इटहरी उपमहानगरपालिका वडा नं. ४ आर्मी क्याम्प छेऊको कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१९प ३१५० नम्बरको मोटरसाइकल चिप्लिएर अनियन्त्रित भई सडकको डिभाइडरमा ठक्कर खान पुगेको थियो । धनकुटा–२ भीरगाउँ बस्ने राईको टाउको, छाती र मुखमा चोट लागेको थियो ।
उनलाई गम्भीर अवस्थामा सामुदायिक अस्पताल इटहरीमा सामान्य उपचार पश्चात् थप उपचारको लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पठाइएको थियो । उपचारका क्रममा साढे ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बस्ने सन्दीप राई पनि घाइते बनेका छन् । उनको हात खुट्टामा चोट लागेको छ ।

प्रकाशित मिति: असोज २ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • सुनसरी प्रहरीले एक अर्ब ५७ करोड ६४ लाखको स्रोत खोज्दै दुईजनालाई समात्यो

    धरानः हुण्डी कारोबार गर्दै आएको सुइँको पाएको सुनसरी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । शंकास्पद मानिसहरूको बैंकिङ कारोबार विश्लेषण गर्दै जाने क्रममा मिलेमतोमा व्यक्तिगत तथा...

    • १४ मिनेट अगाडी
    • ३ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend