Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले पाउँदैछन् सम्मानसहित तीन लाख बढीको पुरस्कार

हाम्रो कोशी आवाज
कार्तिक १८ २०८३, बुधबार
जसले पाउँदैछन् सम्मानसहित तीन लाख बढीको पुरस्कार

धरानः इलामस्थित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र)ले विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने घोषणा गरेको छ ।
प्रतिष्ठानले ‘आदर्श नागरिक सम्मान’ नगद राशि ७७ हजार ७७७ रुपैयाँसहित गायत्री श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, ‘आदर्श समाजसेवी सम्मान’ नगद राशि ५० हजार १०१ रुपैयाँसहित सोमनाथ बाँस्तोला, ‘आदर्श शिक्षक सम्मान’ नगद राशि ३३ हजार ३३३ सहित ठाकुरप्रसाद शिवाकोटी, ‘इलाम सिर्जना सम्मान’ नगद राशि ५० हजार १०१ सहित गायक संगीतकार मानसिंह थुलुङ, ‘उत्कृष्ट कृषक सम्मान’ नगद राशि ३३ हजार ३३३ सहित देउकुमार राईलाई प्रदान गरिने निर्णय भएको छ ।
‘अग्रणी महिला सम्मान’ नगद राशि ३३ हजार ३३३ सहित दिया गुरुङ, ‘रामहरि नारायणप्रसाद शिक्षा पुरस्कार’ नगद राशि १५ हजार १०१ सहित नेत्र दाहाल र ‘मधु, जनक उत्कृष्ठ विद्यार्थी सम्मान’ नगद राशि १० हजार १०१ सहित पवन खनाललाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानका सचिव कवि विमल वैद्यले जानकारी दिएका छन् ।
उक्त सम्मान आउँदो मंसिर ५ गते प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: कार्तिक १८ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend