Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा चाडबाडमा खुलेआम डाइस, प्रहरीले थाल्यो समात्न, ६ जना समायो

हाम्रो कोशी आवाज
कार्तिक १७ २०८३, मंगलबार
धरानमा चाडबाडमा खुलेआम डाइस, प्रहरीले थाल्यो समात्न, ६ जना समायो

धरानः धरानमा चाडबाडको मौकामा खुलेआम डाइस खेलाउने गरिन्थ्यो । चाडपर्वको मौका छोपेर धरानका विभिन्न चोक, टोल र बस्तीमा राति अबेरसम्म जुवाजन्य खेल डाइस सञ्चालन भइरहेको स्थानीयको गुनासो बढ्दो थियो । सार्वजनिक स्थानमै यस्तो गतिविधि भइरहे पनि प्रहरीले खासै भूमिका निभाउन नसकेको जनगुनासो थियो ।
धरानका विभिन्न स्थानमा जुवाजन्य डाइस खेल्दै र खेलाउँदै गरेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक विनालाल साह तेलीको कमाण्डमा खटिएको प्रहरी टोलीले २०८३ कार्तिक १६ गते राति धरानका विभिन्न स्थानमा छापा मार्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी भीषणबाबु राईले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा धरान–११ का २७ वर्षीय सुहाङ लिम्बू र २९ वर्षीय सन्तोष राई, धरान–१६ का ४० वर्षीय उत्तम याक्खा र ३० वर्षीय सुशन विक तथा धरान–१७ का ३१ वर्षीय रवीन मगराति र ४२ वर्षीय वर्णु घतानी रहेका छन् ।
पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अरुलाई पनि समात्ने तयारी थालेको जनाएको छ ।
विशेषगरी राति अबेरसम्म सार्वजनिक स्थानमा मानिसहरूको भीड जम्मा हुने र खेल सञ्चालन हुने अवस्थाले आसपासका बासिन्दाको शान्ति, आवागमन तथा सुरक्षामा असर पर्न सक्ने भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए ।

प्रकाशित मिति: कार्तिक १७ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend