Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जुत्ता–चप्पल मेला पनि शुरू भएपछि चहलपहल, फेसनेबलदेखि स्कुले विद्यार्थीको जुत्ता–चप्पल छान्न पाइने (२२ फोटो र भिडियो पनि)

हाम्रो कोशी आवाज
फाल्गुन १८ २०७६, आइतबार
धरानमा जुत्ता–चप्पल मेला पनि शुरू भएपछि चहलपहल, फेसनेबलदेखि स्कुले विद्यार्थीको जुत्ता–चप्पल छान्न पाइने (२२ फोटो र भिडियो पनि)

धरानः ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ धरानमा औद्योगिक व्यापार मेलासँगै जुत्ता–चप्पल मेला पनि शुरू भएको छ ।
अवलोकनकर्ताले स्वदेशी जुत्ता–चप्पल उद्योगहरू फस्टाएको भन्दै प्रशंसा गरेका थिए । धरानका राजीव हलवाईले भने, ‘नेपाल अब जुत्ता–चप्पलमा निर्भर हुन थालेछ, यतिका बलियो र राम्रा जुत्ता पनि बनाउन थालिएछ, प्रदर्शनी त यस्तो होस् न ।’
पब्लिक हाइस्कुलको खेल मैदानमा औद्योगिक मेला छ भने त्यसको पूर्वपट्टि जुत्ता–चप्पल मेला लागिरहेको छ । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको फुट वेयर मेनिफ्याक्चरल एशोसिएसन नेपालका कृष्ण फुयाँलले जानकारी दिए । मेलामा नेपालमै उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएको उनले बताए । उनका अनुसार गोल्डस्टार, कोसेली, क्रस रोड, ल्याण्ड वाक, शिखर, हाइलाइफ, विएफडी आर हिललगायतका कम्पनीका जुत्ता–चप्पल राखिएका छन् । ‘धराने फेसनेबल सहर हो भन्ने हामीले बुझेका छौं, फेसनेबल जुत्तादेखि स्कुले विद्यार्थीका लागि चाहिने सबै प्रकारका जुत्ता–चप्पल, युवा, वृद्धवृद्धा सबैलाई फिट हुने प्रकारका जुत्ता–चप्पल व्यवस्था गरेका छौं ।’
उनले नेपालमा वार्षिक ७ करोड जोडी जुत्ता–चप्पल बिक्री हुने र त्यसबाट ३२ अर्ब बराबरको कारोबार हुने गरेको बताए । उनले मेला करिब २ लाखले अवलोकन गर्ने अपेक्षाका गरिएको बताए ।
मेला सुरु भएसँगै मेलामा स्वदेशी जुत्ता चप्पल किन्नेको संख्यामा उल्लेख्य भीड लागेको छ । मेलामा कम्पनी मूल्यमै जुत्ता पाइने उनको भनाइ छ । ‘धेरैजसो दिइने छुट स्टलमै खुलाइएको छ’, उनले भने, ‘यसले उपभोक्तालाई सहज हुनेछ ।’
सयौं मोडेलका जुत्ता उपलब्ध हुने हुनाले ग्राहकलाई पनि छनोट गर्न सहज हुने आयोजकको भनाइ छ । स्वदेशी उत्पादनको प्रवद्र्धननका लागि मेला आयोजना गरिएको उनले जानकारी दिए । स्वदेशी जुत्ता–चप्पलको ब्राण्डलाई चिनाउनका लागि समेत मेला महत्वपूर्ण हुने उत्पादकहरूको अपेक्षा रहेको उनले बताए ।
फोटोः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: फाल्गुन १८ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend