Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पुष्पलाल मित्रता केन्द्रको अध्यक्षमा इन्द्र बुढाथोकी, सचिवमा मोतीराज सुनुवार

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०७६, सोमबार
पुष्पलाल मित्रता केन्द्रको अध्यक्षमा इन्द्र बुढाथोकी, सचिवमा मोतीराज सुनुवार

सुनसरीःः नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार –प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पु¥याउने उद्देश्यले गठित ‘पुष्पलाल मित्रता केन्द्र’को १ नम्बर प्रदेश कमिटी गठन भएको छ । सुनसरीको इटहरीमा आइतबार भएको प्रदेश स्तरीय भेलाले भाष्कर काफ्लेको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा इन्द्र बुढाथोकी र सचिवमा मोतीराज सुनुवारलाई चयन गरिएको छ । अध्यक्षको जिम्मेवारीमा चयन भएका भास्कर झापा निवासी हुन् । त्यसैगरी उपाध्यक्ष वुढाथोकी झापा दमक र सचिव सुनुवार धरानका हुन् । नव गठित पुष्पलाल मित्रता केन्द्रमा १ नम्बर प्रदेशभरीका कम्युनिष्ट राजनीतिमा लागेका नेताहरुलाई समेटिएको छ । जिफण्टबाट मनोहरी शिवाकोटीलाई सदस्यमा चयन गरिएको छ ।
केन्द्रका केन्द्रिय अध्यक्ष जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा भएको भेलाद्वारा गठित केन्द्रको सदस्यहरुमा झापाबाट पुष्पराज पोख्रेल, लोकबहादुर धिमाल, सन्तलाल मेचे, सिताराम अधिकारी भोजपुरबाट केवल राई र मेरीना राई, तेह्रथुमबाट विष्णुविक्रम सुव्वा, गणेश सेन, गोपाल दाहाल र सोम गौतम, ओखलढुङ्गाबाट शंकर कार्की र शंकर कटवाल, इलामबाट ध्रुव श्रेष्ठ, हिमाल किराती र मुना शर्मा, पाँचथरबाट उपेन्द्र दंगाल र गंगा चेम्जोङ, मोरङबाट वालेश्वर कामत, नारायण भण्डारी र वद्री अर्याल, उदयपुरबाट ज्ञानेन्द्र श्रेष्ठ, केन्द्र राउत र गिता खड्का लगायत छन् । थप सदस्यहरुलाई केन्द्रको वैठकले मनोनित गर्ने ‘पुष्पलाल मित्रता केन्द्र’ का महासचिव रविन कोइरालालले बताए । महासचिव कोइरालाले ‘पुष्पलाल मित्रता केन्द्र’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुभेच्छ’क संस्थाका रुपमा रहने र यसमा पुष्पलालका राजनैतिक र वैचारिक आदर्शहरुलाई स्वीकार गर्ने जो कोही आबद्ध हुने सक्ने बताए । महासचिव कोइरालाले यो संस्था कुनै नेताहरुको छाँयाका रुपमा नभई सबै कम्युनिष्ट नेताहरुको माया प्राप्त गर्ने सामाजिक राजनैतिक रुपान्तरण गर्न परिवर्तनकारी संस्था भएको बताए ।
१ नम्बर प्रदेश कमिटी गठन पश्चात अव केन्द्रको सांगठनिक संरचना अनुसार जिल्ला, महानगर, उपमहानगर, नगर, हरेक स्थानीय तहमा पुष्पलाल मित्रता केन्द्र गठन गरेर जाने पनि नव निर्वाचित सचिव सुनुवारले बताएका छन् । कार्यक्रमको उद्घाटन समारोहलाई संबोधन गर्दै केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले कम्युनिष्ट संस्थापनक नेता पुष्पलाल श्रेष्ठलाई सम्मान गर्दै देशमा नागरिक आन्दोलन सहित विकाश र सम्वृद्धि आवश्यक भएकाले सामाजिक जागरणको अभियान सहित राष्ट्र निर्माणमा सहयोग गर्ने बताए । कार्यक्रममा संविधानसभा सदस्य रेवती भण्डारी, केन्द्रका उपाध्यक्ष जयन्ती राई, यदुवंश झा, प्रदेश नम्बर २ का अध्यक्ष राजकुमार यादव लगायतले कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए । केन्द्रको अहिले देशव्यापी कमिटी गठन तीव्र रुपमा भइरहेको छ ।

प्रकाशित मिति: फाल्गुन १९ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend