Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानअगाडि अब कहिल्यै जाम नहुने, ६२ लाखको आकाशे पुल बनाउने तयारी

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०७६, सोमबार
धरानको बीपी प्रतिष्ठानअगाडि अब कहिल्यै जाम नहुने, ६२ लाखको आकाशे पुल बनाउने तयारी

धरानः धरानमा सधैं जाम भइरहने ठाउँ पनि छ । धरान–१८ स्थित बीपी प्रतिष्ठानको गेट अगाडि । यहाँ जहिल्यै जाम भइरहन्छ । अन्य साना दुईखुट्टे सवारी साधन त छिर्ने कुरै भएन, बिरामी बोकेका एम्बुलेन्स समेत पार गर्न निकै कठिन छ ।
बिरामी बोकेका एम्बुलेन्सहरूलाई कोशी राजमार्गअन्र्तगत सडकखण्डमा हुने जामले मात्र होइन, बीपी प्रतिष्ठानको मुख्य प्रवेशद्वार अघिकै सडकमा हुने जामले पनि हैरान पार्ने गरेको छ । सडकमा जथाभावी पार्किङले बिरामी बोकेका एम्बुलेन्सहरुलाई आवागमनलाई जहिल्यै रोक्ने गरेको हो ।
प्रतिष्ठानको प्रवेशद्वार अघि नो पार्किङको चिह्न पनि राखिएकै छ तर त्यहाँको सडक जहिल्यै जाम । पार्किङ निषेध गरिए पनि पालना हेर्दाचाहिँ शुन्य नै छ । विशेषतः टेम्पो, सिटी सफारी र मोटरसाइकल मात्र होइन अन्य सवारी साधन पनि त्यही रोकेर राखिन्छ । नो पार्किङ लेखेकै ठाउँमा पनि पार्किङ गरिरहेको स्थानीयबासी बताउँछन् । बुद्धचोकदेखि क्याम गेटसम्म सडक एकदमै साँघुरो छ नै बिरामीलाई छिटो अस्पताल पुरयाउनुपर्ने हुन्छ । यस्तो बेलामा एम्बुलेन्स रोकिरहँदा के हालत होला ?
तर यो अब यो समस्या हट्ने भएको छ । वडा कार्यालयको ७० प्रतिशत र स्थानीयबासीको ३० प्रतिशतको लागतमा आकाशे पुल बनाउने तयारी थालिएको वडाध्यक्ष प्रविण राईले जानकारी दिए । ‘विशेषतः यहाँ जहिल्यै जामको समस्या पनि सुनियो, देखियो, यही कुरालाई मध्यनजर गर्दै दमकमा बनाइएको आकाशे पुलजस्तै यहाँ पनि आकाशे पुल निर्माण हुनेछ ।’
सडक पनि फराकिलो बनाउने काम धमाधम भइरहेको उनले बताए । सडकको ड्रेन र पेटी सहितको ५० फिट चौडा बाटो बन्ने उनले जानकारी दिए । आकाशे पुल र सडक निर्माण सम्पन्न भएपछि ‘चेस पार्क’ पनि बनाइने उनले जानकारी दिए । 

प्रकाशित मिति: फाल्गुन १९ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend