Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रस्थित कोशी नदी किनारमा मोबाइल छाडेर हाम फालेका प्रेमी-प्रेमिकाको शव भेटियो, बीपीमा पोष्टमार्टम

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७६, मंगलबार
बराहक्षेत्रस्थित कोशी नदी किनारमा मोबाइल छाडेर हाम फालेका प्रेमी-प्रेमिकाको शव भेटियो, बीपीमा पोष्टमार्टम

धरानः आइतबार बराहक्षेत्र ७ देवीघाट बस्ने एक युवक र युवतीले बराहक्षेत्र ८ ठाकुरबारी नजिकको कोशी नदीको किनारमा हाम्फालेका छन् । उनीहरूको शव भेटिएको छ ।
हामफाल्नेमा बराहक्षेत्र नगरपालिका–७ देवीघाट बस्ने १४ वर्षीय किशोरी मौसम बर्देवा र सोही वडाका १९ वर्षीय पारश लिम्बू रहेको प्रहरीले जनाएको छ । किशोरीको शव पानीमा तैरिरहेको अवस्थामा देखेपछि माछा मार्ने व्यक्तीले इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । सो स्थानमा प्रहरी पुग्दा युवतीको शव पानीमा तैरिरहेको इलाका प्रहरी प्रमुख सरण दाहालले बताए ।
खोजी गर्ने क्रममा कोशी किनारमा २ वटा मोबाइल, २ जोर चप्पल, एउटा बोत्तल भेटिएको दाहालले बताए । पछि सशस्त्र प्रहरी बल चतराले किशोरीको शव भेटिएको स्थानभन्दा ६ सय मिटरको दुरीमा युवकको शव भेटिएको सशस्त्र प्रहरी बल चतराका प्रमुख अशोक न्यौपानेले बताए ।
प्रहरी स्रोतका अनुसार समाजले स्वीकार नगर्ने डरले कोशीमा हाम्फालेको हुन सक्ने बताइएको छ । मृतक दुवैको शवलाई पोष्टमाष्र्टमका लागि बीपी विज्ञान प्रतिष्ठान धरान पठाइएको न्यौपानेले बताए । उनीहरु आइतबार दिउँसोदेखि घरबाट हराएका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि इटहरीका एक युवकले प्रेमिकाको अन्तै विवाह भएको भन्दै कोशीमा फाल हानेका थिए । 

प्रकाशित मिति: फाल्गुन २० २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend