Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाको त्रासले बीपी प्रतिष्ठानको दीक्षान्त स्थगित

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७६, मंगलबार
कोरोनाको त्रासले बीपी प्रतिष्ठानको दीक्षान्त स्थगित

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको दीक्षान्त समारोह स्थगित भएको छ ।
कोरोना भाइरसको त्रास बढेपछि फागुन २४ गते हुने दीक्षान्त समारोह स्थगन भएको हो । सिनेट बैठकले गरेको निर्णयअनुसार फागुन २४ गते मिति तय गरिएको थियो ।
विश्वभरी कोरोना भाइसरको त्रास बढेपछि सरकारले सोमबार भेला, भोज, भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि स्थगन गरिएको हो । कोरोनाको त्रास अलिक कम भएपछि कार्यक्रम गरिने प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्राडा गुरुप्रसाद खनालले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन २० २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend