Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जुत्ता-चप्पल मेलामा ६० प्रतिशतसम्म छुटले लियो मार्केट, २ हजार पर्ने जुत्ता ९ सयमै (३५ फोटो)

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७६, मंगलबार
धरानमा जुत्ता-चप्पल मेलामा ६० प्रतिशतसम्म छुटले लियो मार्केट, २ हजार पर्ने जुत्ता ९ सयमै (३५ फोटो)

धरानः धरानमा जारी औद्योगिक तथा जुत्ता–चप्पल मेलाले मार्केट लिँदै गएको छ ।
विशेषतः औद्योगिक मेलामा अर्को आकर्षण थपिएको हो । औद्योगिक मेलासँगै पब्लिक हाइस्कुलको मैदानको पूर्वपट्टि छुट्टै जुत्ता–चप्पल मेला सञ्चालनमा छ । जुत्ता–चप्पलमा विशेष छुटको अफर राखिएकोले भीड बढेको आयोजकले जनाएको छ । जुत्ता–चप्पल मेलामा विशेषतः फेसनेबलदेखि स्कुले विद्यार्थीको जुत्ता–चप्पल छान्न पाइने छ । जुत्ता–चप्पलमा विशेषगरी ग्यारेन्टी पनि दिइएको छ । ६ महिनादेखि एक वर्षको ग्यारेन्टी दिँदै जुत्ता–चप्पल बिक्री भइरहेको फुट वेयर मेनिफ्याक्चरल एशोसिएसन नेपालका कृष्ण फुयाँलले जानकारी दिए । उनले मेलामा २ हजार पर्ने जुत्ता ९ सयमै बिक्री वितरण समेत भइरहेको बताए ।
‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ धरानमा औद्योगिक व्यापार मेलासँगै जुत्ता–चप्पल मेला लगाइएको हो । अवलोकनकर्ताले स्वदेशी जुत्ता–चप्पल उद्योगहरू फस्टाएको भन्दै प्रशंसा गरेका थिए । मेलामा नेपालमै उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएको उनले बताए । उनका अनुसार गोल्डस्टार, कोसेली, क्रस रोड, ल्याण्ड वाक, शिखर, हाइलाइफ, विएफडी आर हिललगायतका कम्पनीका जुत्ता–चप्पल राखिएका छन् । ‘धराने फेसनेबल सहर हो भन्ने हामीले बुझेका छौं, फेसनेबल जुत्तादेखि स्कुले विद्यार्थीका लागि चाहिने सबै प्रकारका जुत्ता–चप्पल, युवा, वृद्धवृद्धा सबैलाई फिट हुने प्रकारका जुत्ता–चप्पल व्यवस्था गरेका छौं, हामीले प्रत्येक धरानेको खुट्टामा नेपाली जुत्ता–चप्पल लगाउने योजना बुनेका छौं ।’
‘धेरैजसो दिइने छुट स्टलमै खुलाइएको छ’, उनले भने, ‘यसले उपभोक्तालाई सहज हुनेछ ।’ सयौं मोडेलका जुत्ता उपलब्ध हुने हुनाले ग्राहकलाई पनि छनोट गर्न सहज हुने आयोजकको भनाइ छ । स्वदेशी उत्पादनको प्रवद्र्धननका लागि मेला आयोजना गरिएको उनले जानकारी दिए । स्वदेशी जुत्ता–चप्पलको ब्राण्डलाई चिनाउनका लागि समेत मेला महत्वपूर्ण हुने उत्पादकहरूको अपेक्षा रहेको उनले बताए ।
फोटोः हाम्रो कोशी आवाज डटकम 

प्रकाशित मिति: फाल्गुन २० २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend